देवदह । देवदह समाज युएईद्धारा मृगौला पिडित ज्ञवालीलाई सहयोग रकम हस्तान्तरण गरेको छ । मृगौला रोगबाट पीडित देवदह निवासी सिसम ज्ञवालीलाई एक कार्यक्रमका बिच उक्त समाजले सहयोग रकम हस्तान्तरण गरेको हो ।
मृगौला प्रत्यारोपणका लागि बिभिन्न सहयोगी दाताहरुबाट संकलित रकम नगद १ लाख २२ हजार २० रुपैयाँ मंगलबार पिडित ज्ञवालीलाई हस्तान्तरण गर्दै युएई समाजका अध्यक्ष रमेश न्यौपानेले आफुहरुले गरेको सहयोग रकमले पिडितको उपचारलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । विगतमा पनि देवदह समाज युएईले विभिन्न सामाजिक काम गरेको बताउदै आफुहरुले गरेको सहयोगले बिरामीको उपचारमा थप सहयोग र हौसला मिल्ने उनले बताए । मानव सेवाका कार्यहरुमा सबैले सहयोग गुर्नपर्ने भन्दै आर्थिक अवस्था कमजोर भई उपचार गर्न नसक्नेहरुलाई आर्थिक रुपमा सबल व्यक्तिहरुले सहयोग गर्न पनि आग्रह गर्न पनि न्यौपानेले अनुरोध गरे ।
देवदह - ९ का वडा अध्यक्ष केशवराज भट्टराईले पिडित ज्ञवालीलाई निराश नभई आत्मविश्वास बलियो बनाउन आग्रह गदै शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोग गर्ने संस्था देवदह समाज युएईलाई धन्यवाद समेत व्यक्त गरे ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहाकार तोयानाथ लम्साल र सल्लाहाकार केशव नेपाल, देवदह समाज युएईका अबुधाबी सचिव विष्णु पराजुली, संस्थाका दुवइ क्षेत्रका उपाध्यक्ष छविलाल पाण्डे, महा–सचिव श्याम बश्याल, बरिष्ठ समाजसेवी हिमाल मल्ल, मोहन जिसी लगायतको सहभागिता थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology