Logo

२०८३, श्रावण २७गते


images
images

सडक निर्माणमा ढिलाइ गरेपछि स्थानीय आन्दोलित

सडक निर्माणमा ढिलाइ गरेपछि स्थानीय आन्दोलित

images
  • सेतोमसी सहकर्मी
  • सडक निर्माणमा ढिलाइ गरेपछि स्थानीय आन्दोलित
    images
    images

    देवदह । ठेक्का लागेको ५ वर्षसम्म पनि सडक निर्माणमा प्रगति हुन नसकेपछि रुपन्देहीको देवदहका स्थानीय आन्दोलित बनेका छन् । बर्खा नजिकिदै जाँदा निर्माण कम्पनीका कामदारहरु सडक वेवारिशे छोडेर जाने तयारी गरेको र सडकको अवस्था अत्यन्तै नाजुक भएको भन्दै स्थानीय आन्दोलित बनेका हुन्।

    images
    images
    images

    पूर्व पश्चिम राजमार्गको बुटवल-नारायणगढ सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्ट्रक्सनले दोस्रो पटक थपिएको म्याद सकिन लाग्दा समेत सडक विस्तारको काम नसकेको र बर्खामा सास्ती खेप्ने निश्चित भएपछी आन्दोलनमा उत्रिन बाध्य भएको स्थानीय व्यवसायी सरोज जिसिले बताए।

    images
    images
    images

    घाम लाग्दा सडकमा धुलो उडेर बसिनसक्नु हुने र पानि पर्दा हिलो र पानि जमेर सास्ती खेप्नुपर्ने र यसको कारण व्यापार व्यवसाय समेत चौपट भएको स्थानीय व्यवसायीको गुनासो रहेको छ।

    images
    images
    images

    चाइना स्टेट कन्ट्रक्सनले असर मसान्तभित्र बुटवलदेखि खैरेनी सम्म एकतर्फी सडक कालोपत्रे गर्ने आश्वासन दिएको थियो। तर असर मसान्त नजिकिदै गर्दा समेत निर्माण व्यवसायीले सडक निर्माणमा बेवास्ता गरेपछि सडकमा आउनु परेको स्थानीय प्रेम थापाको भनाई छ ।

    जनताले सास्ती खेप्दा स्थानीय सरकारले समेत सम्बन्धित निकायलाई सडक विस्तार यथाशीघ्र सम्पन्न गर्न दबाब दिनुपर्ने र बजार क्षेत्रमा सडकको काम छिटो नगरे चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने थापाले बताए ।

    सडक ठेक्का लागेको ५ वर्ष पुग्न लाग्यो ।सुनवल नगरपालिकालमा दुई तर्फी पिच भैसकेको छ ।  हाम्रोतिर केही पनि काम नगरेपछि आन्दोलित हुनुपरेको छ,’ स्थानीय दिनामणि पाण्डेले भने, ‘प्रदूषणले बिरामी भयौं। जनताको स्वास्थ्यमा गम्भीर खेलवाड गरियो।0.jpg

    १ सय ३३ किलोमिटर दूरी रहेको यस आयोजनाको २०७६ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको थियो । करार सम्झौताअनुसार निर्माणको काम ०७९ साउन २२ भित्र सकिसक्नुपर्ने हो । तर निर्माण कम्पनीले बिजुलीको पोल, सडक भित्र पर्ने रुख व्यवस्थापन र कोभिड लगायत कारण देखाउंदै म्याद थपको माग गरेको थियो।

    जस अनुसार २०८० भदौ १२ सम्म म्याद थप गरिएको थियो। थपिएको अवधिमा समेत सडक विस्ताको काम नसकिए पछि २०८१ साउन ८ सम्म सक्नेगरी दोस्रो पटक म्याद थप भएको थियो।

    दोस्रो पटक थपिएको म्याद समेत यहि साउन ८ गते सकिदै छ। तर अहिले ५१ प्रतिशत मात्र काम भएको छ । बर्खा नजिकिदै गर्दा सडककै कारण जनताले सास्ती खेप्ने निश्चित देखिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।