Logo

२०८३, आश्विन ११गते


images
images

राजनीतिक परिवर्तनका लागि मुस्लिम समुदायको भूमिका अविस्मरणीय : सभामुख

राजनीतिक परिवर्तनका लागि मुस्लिम समुदायको भूमिका अविस्मरणीय : सभामुख

images
  • सेतोमसी सहकर्मी
  • राजनीतिक परिवर्तनका लागि मुस्लिम समुदायको भूमिका अविस्मरणीय : सभामुख
    images
    images

    देउखुरी (दाङ) । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले राजनीतिक परिवर्तनको लागि भएका विभिन्न चरणका क्रान्ति, संघर्ष, आन्दोलन र जनयुद्धमा मुस्लिम समुदायले खेलेको भूमिका अविस्मरणीय रहेको जनाएका छन् ।

    images
    images
    images

    इस्लाम धर्मावलम्बीहरूको महान चाड बकराईद (उल–अजाह) कुर्बानी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सबैखाले राजनीतिक परिवर्तनमा मुस्लिम समुदायले खेलेको भूमिका महत्वपूर्ण रहेको स्मरण गरेका छन् । सबै समुदायको भाषा, संस्कृति, लिपि, चाडपर्वको ऐतिहासिक तथा सांस्कृतिक पक्षको संवर्द्धन र प्रर्वद्धनमा ध्यान दिन समेत उनको आग्रह छ ।

    images
    images
    images

    बकराईदको अवसरमा सभामुख घर्ती मगरले जारी गरेको शुभकामना सन्देशमा यो पर्वले मुस्लिम समुदायको भाषा, धर्म र संस्कृति संरक्षण र प्रवर्द्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गरिएको छ ।

    images
    images
    images

    नेपाल बहुभाषीक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिपूर्ण मुलुक भएको र विविधतामा एकता नेपालीको पहिचान भएको उल्लेख गर्दै उनले धार्मिक, सांस्कृतिक पर्वहरुले सबै समुदाय बिच एक आपसमा सद्भाव भातृत्वको विकास गरेको उल्लेख गरेका छन् ।

    विगतमा राज्यद्वारा विभेदमा पारिएका उत्पीडित समुदायको उत्थान र हक अधिकार स्थापित गर्ने सन्दर्भमा लुम्बिनी प्रदेश सभा प्रतिवद्ध भई महत्वपूर्ण नीति र कानुन निर्माण गर्दै आएको र आवश्यकताको आधारमा थप नीति र ऐन कानुन निर्माण गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरेका छन् ।

    सभामुख घर्ती मगरले जनयुद्ध तथा जनआन्दोलन, क्रान्ति र संघर्षबाट मुलुकमा गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशिता, जस्ता महत्वपूर्ण राजनीतिक उपलब्धि प्राप्त भएकाले यसलाई संस्थागत विकास गर्दै समाजवादमा पुग्ने लक्ष्यमा दृढताका साथ लाग्नु आजको आवश्यकता रहेको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बकराईद
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।