Logo

२०८३, श्रावण २७गते


images
images

फेवातालका डुङ्गामा राखिएका अनाधिकृत विज्ञापन हटाउन मेयरको निर्देशन

फेवातालका डुङ्गामा राखिएका अनाधिकृत विज्ञापन हटाउन मेयरको निर्देशन

images
  • सेतोमसी सहकर्मी
  • फेवातालका डुङ्गामा राखिएका अनाधिकृत विज्ञापन हटाउन मेयरको निर्देशन
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरा महानगरका प्रमुख धनराज आचार्यले फेवातालमा सञ्चालित डुङगाहरुमा अनाधिकृत रुपमा राखिएका व्यवसायीक प्रतिष्ठानका विज्ञापन हटाउन निर्देशन दिएका छन ।  

    images
    images
    images

    फेवा डुङ्गा व्यवशायी संघले आफ्नो स्थापनाको ३० औं वार्षिकोत्सवको अवसरमा आयोजित डुङ्गा प्रतियोगिताको उद्घाटनमा पुगेका प्रमुख आचार्यले व्यवसायीहरुले मनोमानी ढंगले डुङगाहरुमा व्यवसायीक विज्ञापन राखेको पाइएकाले उक्त विज्ञापनहरु दुई दिन भित्र हटाउन निर्देशन दिएका हुन ।

    images
    images
    images

    मेयर आचार्यले फेवातालमा सञ्चालित डुङ्गाहरु व्याक्तिगत भएतापनि फेवाताल सार्वजनि सम्पति भएको र त्यहां सञ्चालन गर्ने डुङ्गाहरुमा अनाधिकृत रुपमा व्यवसायीक विज्ञापनहरु राख्न नपाइने वताए । उनले भने डुङगा व्याक्तिगत हो तर डुङ्गा सञ्चालन हुने फेवाताल सार्वजनिक सम्पति भएकाले सार्वजनिक सम्पतिमाथी सञ्चालित डुङगामा महानगर वा स्थानिय सरकारको अनुमति बिना व्यापारीक विज्ञापन राख्न पाइदैन ।

    images
    images
    images

    व्यवसायीहरुले व्यापारीक विज्ञापनको ठाउँमा पोखरा पर्यटनको राजधानी भएकाले पर्यटकीय राजधानीको सन्देश दिने गरी टुरिजम क्यापिटल अफ नेपाल लगायतका बस्तुहरु राख्न सक्ने उनको भनाइ रहेको थियो ।

    फेवातालको डुङ्गा पोखराको परिचय भएकाले डुङगा चालकहरुले पर्यटकहरुलाई सत्कार प्रदान गर्न सक्नुपर्ने समेत बताए । डुङ्गा चालकहरुले राम्रो ब्यवहार गर्न सके पर्यटकहरु दोहोरिय आउने उनको भनाइ रहेको थियो ।

    पोखराको बेगनासमा पहिलो पटक आयोजना गरेको ड्रागन बोट रेसमा प्रथम भएको टीमले चीनमा समेत पुगेर पाँच विद्यामा जित हांसिल गरेको वताउदै आचार्यले फेवा डुङगा व्यवसायीलाई आगामी दिनमा समेत सहयोग र साथ दिने प्रतिवद्धता ब्यक्त गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फेवाताल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।