Logo

२०८३, श्रावण २७गते


images
images

देवदहमा घरेलु हिँसा बिरुद्ध बहस/पैरवी चेतनामूलक कार्यक्रम सुरु

देवदहमा घरेलु हिँसा बिरुद्ध बहस/पैरवी चेतनामूलक कार्यक्रम सुरु

images
  • देवदहमा घरेलु हिँसा बिरुद्ध बहस/पैरवी चेतनामूलक कार्यक्रम सुरु
    images
    images

    देवदह । देवदह नगरपालिकाले घरेलु हिँसा अन्त्यका लागि बहस/पैरवी चेतनामूलक कार्यक्रमको सुरुवात गरेको छ । नगरपालिकाको उपप्रमुखसंग महिला कार्यक्रम अन्तरगत देवदहका १२ वटै वडाका महिलालक्षित कार्यक्रम सुरू गरिएको नगरपालिकाले जनाएको छ । 

    images
    images
    images

    बिहिबार चेतनामूलक कार्यक्रमको उद्घाटन गर्दै देवदह नगर उपप्रमुख तथा उपप्रमुखसंग महिला कार्यक्रमका संयोजक विद्यालक्ष्मी गुरुङले हिँसा नगर्ने र हिँसा नसहने प्रतिबद्धता सबैले गर्न जरूरी रहेको बताइन् । "घरेलु हिँसा होस् या सार्वजनिक स्थानमा हुने हिँसा, जस्तोसुकै हिंसाको प्रतिवाद गर्न आवश्यक छ" उनले भनिन्, "परिवर्तित अवस्थालाई ख्याल गर्दै सबैले आफुलाई रूपान्तरण गर्न ढिला गर्नु हुँदैन ।" 

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष यज्ञप्रसाद अर्यालले कार्यक्रमले घरेलु हिंसालाई कम गर्ने विश्वास लिईएको बताए । उनले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिए ।  

    images
    images
    images

    बिहिबार सुरू भएको चेतनामुलक कार्यक्रममा देवदह वडा नं. ३, ४, ५ र ६ का महिलाहरू सहभागी रहेको नगरपालिकाले जनाएको छ । तालिमको सहजीकरण महिला अधिकारकर्मी मिनाक्षी न्यौपानेले गरेकी छन् । 

     त्यसैगरी शुक्रबार वडा नं. ७, ८, ९ र १० को कार्यक्रम भलुहीको जनप्रिय सामुदायिक वनको सभाहल हुने तथा वडा नं. १, २, ११ र १२ को कार्यक्रम 
      शनिबार नगरपालिकाको सभाहल हुने जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।