Logo

२०८३, आश्विन ९गते


images
images

भिटोफ गण्डकीको गाउँले गाइड तालिम

भिटोफ गण्डकीको गाउँले गाइड तालिम

images
  • सेतोमसी सहकर्मी
  • भिटोफ गण्डकीको गाउँले गाइड तालिम
    images
    images

    पोखरा। गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजना एवम् जीवीकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना(कतचिउ)को सहयोगमा यही जेठ २४ गतेदेखि २६ गतेसम्म आवाशीय गाउँले गाइड तालिम सम्पन्न भएको छ ।

    images
    images
    images

    गण्डकी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाको प्रतिनिधित्व हुने गरी माउन्ट कैलाश रिसोर्टमा सम्पन्न तालिममा ३१ जनाको सहभागिता रहेको भिटोफ गण्डकीका अध्यक्ष शोभाकुमारी अधिकारी (सापकोटा)ले जानकारी दिए । गाउँ पर्यटनको प्रभावकारिता अभिबृद्धिका लागि गाउँले गाइड तालिम आवश्यक महसुस गर्दै तालिम गराइएको उनले बताए ।

    images
    images
    images

    तालिममा डा. रामजी शर्मा, दीपेन्द्र पहारी, टीकाराम सापकोटा, सरस्वती गौतम, तारानाथ पहारी लगायतले प्रशिक्षण दिएको थिए । तालिमको समापन समारोहमा पोखरा पर्यटन परिषद्का का.वा.अध्यक्ष कृष्ण भण्डारीले यस किसिमको तालिमले गाउँ पर्यटनको विकासमा विशिष्ट योगदान गर्ने बताए । भिटोफ गण्डकीका सल्लाकार गणेशबहादुर भट्टराईले तालिमका उपलब्धिलाई व्यवहारमा उतार्न आग्रह गरे ।

    images
    images
    images

    भिटोफ गण्डकीका अध्यक्ष शोभाकुमारी अधिकारी सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रशिक्षक डा. रामजी शर्मा, होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, टान गण्डकीका उपाध्यक्ष कृष्ण आचार्य, भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारी, दीगो पर्यटन परियोजना (कतचिउ)का नेशनल प्रोजेक्ट कोअर्डीनेटर श्रद्धा श्रेष्ठ, प्रोजेक्ट म्यानेजर धर्म दवाडी, भिटोफ गण्डकीका सचिव लक्ष्मण सुवेदी, प्रशिक्षार्थी चुडामणि छन्त्याल लगायतले बोलेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गाउँले गाइड तालिम
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।