Logo

२०८३, आश्विन ९गते


images
images

देवदह मदरटङ्समा नमुना मतदानको अनुभव बटुल्दै विद्यार्थी

देवदह मदरटङ्समा नमुना मतदानको अनुभव बटुल्दै विद्यार्थी

images
  • सेतोमसी सहकर्मी
  • देवदह मदरटङ्समा नमुना मतदानको अनुभव बटुल्दै विद्यार्थी
    images
    images

    देवदह । रूपन्देहीको देवदह नगरपालिका वार्ड नम्बर ५ मा अवस्थित देवदह मदरटङ्स एकेडेमीले नमुना मतदानको  अभ्यास गराएको छ । मतदानको महत्वसँगै मतदाता शिक्षा विद्यार्थीले जान्नुपर्ने भएकोले अभ्यास गराइएको विद्यालयले जनाएको छ ।

    images
    images
    images

    "मतदाता शिक्षा आवश्यक छ, लोकतान्त्रिक प्रणालीमा नागरिकले आफ्नो मतको महत्व बुझेमात्र उनीहरू असल नागरिक हुन्छन भन्ने उद्धेश्यले विद्यार्थीहरूलाई मतदान प्रक्रियाबारे सिकाइएको हो" विद्यालयका प्राचार्य रामबहादुर गुरुङले भने ।

    images
    images
    images

    आफ्नो मताधिकारको सही प्रयोग गर्न सिकाउनेसंगै उनीहरूलाई नागरिकका रूपमा जिम्मेवार बनाउन मद्दत गर्ने र राजनीतिक प्रणाली, नीति निर्माण, र सामाजिक न्यायका सिद्धान्तहरूसँग परिचित गराउन नमुना मतदानले सहयोग गरेको विद्यालयले जनाएको छ ।

    images
    images
    images

    नमुना मतदान कार्यक्रममा सेतोमसीसँग कुरा गर्दै कक्षा ७ का विद्यार्थी स्वहम शर्माले भने, "पहिला बुबाआमाले मतदान गर्न जाने बेलामा केको लागि मतदान गर्न जानुभएको होला ? मतदान भनेको के होला भन्ने सोच्थे तर आज आफै नमुना अभ्यास गर्न पाउँदा यसको महत्वका बारेमा जान्ने अवसर पाएँ ।

    मतदान कार्यक्रममा कक्षा ५ देखि १० सम्मका २१३ जना विद्यार्थी सहभागी भएको विद्यालयका सह प्राचार्य यमलाल शर्माले जानकारी दिए ।

    नमुना मतदान अभ्यास विद्यालयको  रेडक्रस कमिटी र बाल क्लब पुनर्गठन गर्ने सन्दर्भमा भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।