गोविन्द कंडेल, गुल्मी । मुसिकोट नगरपालिका गुल्मीले निकट भविष्यमानै मुसिकोट एक चिनारी नामक पुस्तक प्रकाशन गर्ने भएको छ ।
नगरपालिकाले मुसिकोट नगरपालिका, गुल्मीको विभिन्न पक्षहरु (आर्थिक, सामाजिक, साँस्कृतिक, पूर्वाधार, वातावरण, साहित्य लगायतका विषयवस्तुहरु) समेटिएको पुस्तक प्रकाशन गर्ने भएको हो । विहिवार एक सूचना जारी गरी नगरपालिकाले मुसिकोट नगरपालिकामा स्थायी ठेगाना भई स्वदेश तथा विदेशमा विभिन्न पेशा व्यवसायमा संलग्न नागरिकहरुबाट लेख/रचनाहरु माग गरेको छ ।
लेख रचना उपलव्ध गराउन चाहने नागरिकहरुले भाद्र मसान्त भित्र मुसिकोट नगरपालिकाको ईमेल ठेगानाmusikot.chinari@gmail.com मा उपलव्ध गराउनु पर्नेछ । यस्तो छ सूचनाको पुर्णपाठ
लेख/रचना उपलव्ध गराउने सम्वन्धी सूचना ।
प्रस्तुत विषयमा मुसिकोट नगरपालिका, गुल्मीको विभिन्न पक्षहरु (आर्थिक, सामाजिक, साँस्कृतिक, पूर्वाधार, वातावरण, साहित्य लगायतका विषयवस्तुहरु) समेटिएको मुसिकोट–एक चिनारी नामक पुस्तक छपाई गर्ने प्रयोजनको लागि मुसिकोट नगरपालिकामा स्थायी ठेगाना भई स्वदेश तथा विदेशमा विभिन्न पेशा व्यवसायमा संलग्न महानुभावहरुबाट उपयुक्त लेख/रचनाहरु मिति २०७८ भाद्र मसान्त सम्म यस कार्यालयको ईमेल ठेगानाmusikot.chinari@gmail.comउपलव्ध गराई दिनु हुन हार्दिक अनुरोध छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology