Logo

२०८३, श्रावण २७गते


images
images

देवदहमा खानेपानी अभाव, ६४ घरपरिवार खोलाको पानी पिउन बाध्य

देवदहमा खानेपानी अभाव, ६४ घरपरिवार खोलाको पानी पिउन बाध्य

images
  • सेतोमसी सहकर्मी
  • देवदहमा खानेपानी अभाव, ६४ घरपरिवार खोलाको पानी पिउन बाध्य
    images
    images

    देवदह । रुपन्देहीको देवदह–६ शिवालय टोलमा खानेपानीको अभाव हुँदा स्थानीयले सास्ती ब्यहोर्नुपरेको छ । 

    images
    images
    images

    विगत एक साता देखि देवदह खानेपानीको धारामा पानी नआएको कारण उनिहरु गाउँबाट उत्तर तर्फ रहेको घोडाहा खोलाको सिरबाट पानी बोकेर ल्याई खान बाध्य छन् ।

    images
    images
    images

    एक सय भन्दा बढि घरधुरी रहेको उक्त टोलका करिव ६४ घर परिवारले खानेपानीको लागि दिनहुँ  खोला धाउनुपर्ने समस्या रहेको स्थानिय गणेश बस्यालले बताए । सो क्षेत्रमा २ वटा डिप बोरीङ्ग रहेको भएपनि उक्त बोरिङ्गबाट आउने पानी पिउन योग्य नरहेकाले उनिहरुलाई खानेपानीका लागि ४ सय मिटर भन्दा बढिको दुरी  तय गर्नुपर्ने बाध्यता छ ।

    images
    images
    images

    शिवालय टोल ढुङ्गे बगर र पानीको श्रोत कम भएको क्षेत्र भएका कारण उक्त क्षेत्रमा ट्यूवेलको पानी समेत नआउने स्थानियले जानकारी गराए । ट्यूवलेलका लागि स्थानियले लाखौं खर्च गर्दा समेत खानेपानीको श्रोत नभेटिएपछि उनिहरु थप चिन्तित बनेका छन् ।

    केहिदिन यता बर्षातका कारण मुहान धमिलिएकाले खानेपानीको समस्या भएको हुन सक्ने देवदह खानेपानी तथा सरसफाई संस्था देवदहका अध्यक्ष गुमानसिंह कुँवरले बताए । उनले अभाव भएको र आफ्नो कार्यक्षेत्र भित्रका उपभोक्तालाई बैकल्पिक ब्यवस्था गरेरै भएपनि खानेपानीको ब्यवस्था गरिने जानाकरी गराए । केहिदिन यता बिद्युताको समस्याका कारण पनि कतिपय स्थानमा पानीको अभाव हुन सक्ने बताउँदै उनले आफुलाई जानकारी भए तुरुन्तै टयाङ्कर पठाएर पानीको ब्यवस्था गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # खानेपानी अभाव
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।