Logo

२०८३, श्रावण २७गते


images
images

देवदहमा काष्ठजन्य वस्तुको हस्तकला तालिम सुरु

देवदहमा काष्ठजन्य वस्तुको हस्तकला तालिम सुरु

images
  • देवदहमा काष्ठजन्य वस्तुको हस्तकला तालिम सुरु
    images
    images

    देवदह । रूपन्देहीको देवदहमा २० दिने काठजन्य वस्तुको हस्तकला मूर्ति, ढिलाखापा र नेम प्लेट बनाउने तालिम सुरु भएको छ । सामुदायिक वन अध्ययन केन्द्र बबरमहल काठमाडौँको आयोजना, डिभिजन वन कार्यलय रूपन्देहीको सहजीकरण र बुद्द सामुदायिक वन उपभोक्ता समुह देवदह ५ र ६ को संयोजनमा कार्यक्रम सुरु भएको हो ।

    images
    images
    images

    तालिम शुभारम्भको अवसरमा बोल्दै देवदह नगरपालिकाका कार्यबाहक प्रमुख विद्यालक्ष्मी गुरुङले तालिमका सहभागीहरूले भगवान गौतम बुद्धसँग सम्बन्धित सामग्री बनाएर त्यसको बजारिकरणमा लाग्नुपर्ने सुझाब दिइन । आवश्यकता अनुसार त्यस्ता उत्पादनको बजारिकरणमा नगरले सघाउने समेत गुरुङले प्रतिबद्धता व्यक्त गरिन ।

    images
    images
    images

    यदि आफ्नै क्षेत्रबाट देवदहलाई झल्काउने वस्तु तथा सामग्री उत्पादन गरी बजारीकरण गर्न परेमा शितलनगरमा अवस्थित कोसेली घरलाई प्रयोगमा ल्याउन सकिने धारणा समेत उनले राखिन । गुरुङले तालिम लिएर प्रमाणपत्र घरमा राख्ने मात्र नगरी त्यसको उपयोग गरि आर्थिक उपार्जनमा जोडिन सहभागिहरुलाइ आग्रह गरिन ।

    images
    images
    images

    कार्यक्रममा डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रभात सापकोटा , सामुदायिक बन अध्ययन केन्द्रकी अध्यक्ष शोभा सुवेदी, देवदह नगरपालिकाका नगर प्रवक्ता गणेश डुम्रे , गाउ वन समन्वय सञ्जाल रूपन्देहीका अध्यक्ष खेम नारायण अधिकारी, सामुदायिक वन अध्ययन केन्द्रका अधिकृत पुष्पराज गोले, बुद्ध सामुदायिक वन उपभोक्ता समुहका सचिव राधिका कुमारी अर्याल लगायतले बोलेका थिए । उनीहरूले सिकेको सिपलाइ सहभागीहरूले व्यावसायिक रुपमा प्रयोग गर्न सके तालिमको उपलब्धि मान्न सकिने बताए ।

    पछिल्लो समय युवाहरू टिकटक , फेसबुक र सामाजिक सञ्जालमा समय बिताइरहेको बेला तालिम लिइ केही सिक्छु भन्ने युवाहरूलाई तालिमले निकै फाइदा हुने समेत उनीहरूले उल्लेख गरे ।

    तालिममा मुख्य प्रशिक्षकको रुपमा सप्तराज बज्राचार्यले सहजिकरण गर्नेछन भने १३ जना प्रशिक्षार्थीहरू सहभागि छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हस्तकला तालिम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।