देवदह। रुपन्देहीको देवदहमा "देवदह मकै पकेट क्षेत्रको पहिचान, मकैको बजारिकरण हाम्रो अभियान" भन्ने मुल नारा सहित देवदह नगरपालिका वडा नं.५ को आयोजनामा दोस्रो मकै महोत्सव २०८१ को अवसरमा बिद्यालयका प्रधानाध्यापक र किसान बीच शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
देवदह मकै पकेट क्षेत्रको रूपमा परिचित रहँदै आएको र अब देवदह लाई रैथाने मकै खेतीमा संलग्न गराउन महोत्सवले भूमिका खेल्ने आयोजकले जनाएको छ।
देवदह नगरपालिका वडा नम्बर ५ को संयोजन र मकै महोत्सव मूल आयोजक समिति देवदह रुपन्देहीको आयोजनामा यहि जेष्ठ १९ गतेदेखि देवदहमा मकै महोत्सवको तयारीकानलागि अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रवक्ता एवम् वडा नं ५ का वडा अध्यक्ष
गणेश डुम्रेले पहिलो मकै महोत्सव सम्पन्न भए सँगै दोश्रो महोत्सव गर्नुको मुख्य उद्देश्यनै देवदहका किसानलाई कृषिमा आत्मनिर्भर बनाउन रैथाने बेमौसमी मकै खेतीमा संलग्न गराउने र मकैको बजारीकरण गर्ने रहेको बताए।
देवदहलाई मकैको पकेट क्षेत्रको रुपमा
चिनाउने र विद्यालयमा विद्यार्थीहरूलाई दिवा खाजाको रूपमा मकैका विभिन्न परिकारहरू खुवाउन सकिने भन्दै अब कृषकहरुलाई नगरपालिकाले पनि मकै खेतीमा आत्मनिर्भर गराउने प्रतिबद्धता जनाए ।
मकैका विभिन्न परिकारहरु अन्तर्गतबमकैको अाटो, हरियो मकैको रोटी, सुकेको मकैको रोटी, मकैको सातु, भुटेको मकै, पकौडा, उसिनेको मकै खाजाको रुपमा प्रयोग गर्दा किसानको उत्पादनले बजारीकरण पाउने र स्थानीय उत्पादन समेत खपत हुने भन्दै अब मकै खेतीमा आत्मनिर्भर हुन डुम्रेले जोड दिए।
त्यस्तै कार्यक्रममा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष टिका न्यौपानेले कृषक संग सहकारीले सहकार्य गर्न सधै तयार रेहको बताइन्। वस्तुको बजारीकरणका लागि नगरपालिकाले चासो दिनु पर्ने भन्दै किसानले उत्पादन गरेका वस्तुलाई बजारीकरणका लागि सहकारीले महत्पूर्ण भूमिका खेल्ने भन्दै साना किसान देवदहले बजारीकरण र व्यवस्थापनको लागि सम्झौता गरेर यसको जिम्मा लिने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा बोल्दै देवदह नगरपालिका कृषि शाखा प्रमुख सुस्मिता गौतमले किसानको उत्पादनलाई कसरी बजारीकरण गर्ने, रैथाने मकै लाई विद्यार्थीहरुको स्वास्थ्य सुनिश्चितताको लागि नगरले उचित व्यवस्थापन गर्ने कुरामा जोड दिँदै अब समाज मकै खाने पुरानै शैलीमा फर्किएको बताइन् ।
गौतमले देवदहका हरेक घर र बिद्यालयमा चाउचाउ खाजा हुने भएकाले अब मकैका विभिन्न परिकार बनाई सेवन गर्न स्थानिय तथा कृषकलाई आग्रह समेत गरिन्।
कार्यक्रममा देवदह दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष बलराम शर्मा, देवदह माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि प्रसाद पाण्डे, खड्क माध्यमिक विद्यालयका प्रधानाध्यापक बाबुराम बस्नेत, कालिका आधारभूत विद्यालय प्रधानाध्यापक तेज बहादुर अर्याल, सन्दिप आधारभूत विद्यालयका प्रधानाध्यापक दुर्गालाल तिवारी, मदर टङ्ग्स एकेडमीका प्रधानाध्यापक रामबहादुर गुरुङ कृषकहरु लाल बहादुर दर्लामी, बालानन्द न्यौपाने, मिना भट्टराई लगायतले
सुझाव दिएका थिए।
मकै महोत्सव मूल आयोजक समिति देवदहका अध्यक्ष प्रमिला सेढाईको अध्यक्षता र चक्रपाणि न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology