काठमाडौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलवार प्रतिनिधि सभा बैठकमा गरेको प्रश्नमाथि टिप्पणी गर्दै अब १५ महिनामा सबै काम चाहियो? एक महिनामै प्रश्नको यति भारी भनेर प्रश्न गरेका छन ।
सामाजिक संजाल ट्विटरमा आज एक ट्विट गर्दै उनले ओलीले संसदमा जसरी बोलेका छन् त्यसरी नै ३ वर्ष काम गरिदिएको भए स्थिति अर्कै हुने बताएका छन् ।
उनले भनेका छन्, 'अब १५ महिनामा सबै काम चाहियो, प्रश्नको भारी महिना दिनमै !'
अगाडि उनले "तर प्रतिपक्षी आवाज सम्मान गर्दै, कर्मले जवाफ दिने कर्तव्य निर्वाह गर्नुछ l बोल्ने विभाग कमरेड ओलिकै जिम्मा थियो, छंदैछ l" लेखेका छन ।
हिजो मंगलबार प्रतिनिधि सभाको बैठकमा पुर्ब प्रधानमन्त्री ओलीले देउवा सरकार माथी थुप्रै प्रश्न गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology