Logo

२०८३, आश्विन ९गते


images
images

लघुकथा : अनुराग

लघुकथा : अनुराग

images
  • सेतोमसी सहकर्मी
  • लघुकथा : अनुराग
    images
    images

    "हुन्न हुन्न ।धेरै भयो।" शैलेस पन्छिन खोज्यो।
    "ह्या ! अलिकति त हो। के फरक पर्छ र ? खै यता ले गिलास।" महेशले जोड गर्यो।

    images
    images
    images

    "नाइ के, असर गर्छ मलाई।ज्यानले थाम्दैन त के गरुँ ?" अस्वीकार गरिरह्यो उसले।
    "ल, यति नभए त साथी नै हैन।आज देखि हामीसँग बस्नु पनि पर्दैन।हामीले फेरि कर गर्ने छैनौ।" महेशले अझै दबाब थप्यो।

    images
    images
    images

    अरु साथीहरुले पनि महेशको होमा हो मिलाउँदै भने "साथीहरुसँग खानपान, घुमघाम, रमाइलो नगरे के को साथी? सबैसँग सम्बन्ध तोडे भैगो नि।नत्र हामी बसुञ्जेल अलिकति साथ दिँदा के नै बिग्रन्छ र ? के हामी कामै नलाग्ने जँड्याहा हौँ र ?"

    images
    images
    images

    साथीहरुको दवावको सामु उसको केही जोर चलेन।
    उनीहरुले उसको गिलास भरिदिए।
    नमिठो मुख गराउँदै यनकेन घुट्को निलिरह्यो।
    केही समयमा रमझम सिद्धियो।सबै आआफ्नो कोठातिर लागे।

    "शैलेसले त नराम्ररी उल्टी गरेछ यार।अहिले सम्म उठेको छैन।कलेज जानेबेला भैसक्यो।" अर्को बिहान नरहरिले खबर सुनायो।

    सबै साथीहरु शैलेसको कोठामा पुगे।
    "हिँजो राती अलि बढि गरिएछ, सरी यार।उठ् कागती पानी पिएपछि फ्रेस भइन्छ।" महेशले भन्यो।

    "तिमीहरु मलाई हिँजो त्यति माया गरेर थपीथपी खुवायौ।आखिर भात,फलफूल वा अन्य कुरा खानेबेला त यति थप्नु पर्छ, उति थप्नु पर्छ भनेर कहिल्यै भन्दैनौ त।यो कस्तो माया हो ?" कछुवाले टाउको निकाले जस्तै गरि सिरकबाट टाउको निकालेर बिस्तारै बोल्यो ऊ।

    -मित्र 'उराठी' गौतम

    अमरपुर–गुल्मी,हालःतिलोत्तमा न पा -२,रुपन्देही

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लघुकथाः अनुराग
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।