देवदह । रूपन्देहीको देवदहमा रहेको एसियन लाइट बोर्डिङ स्कुलले महावीर पुनको ११२ वटा पुस्तक किनेको छ ।
आफ्नो आत्मकथा पुस्तक लिएर देवदहका अन्य विद्यालय पुगेका उनी आज देवदहको ढेकवार स्थित एसियन लाइट बोर्डिङ पुगेका थिए ।
उनले आजसम्म गरेका संघर्ष र कार्यहरू विद्यार्थीका माझमा राखेका थिए ।विद्यार्थीहरू उनको उपस्थितिलाई लिएर निकै उत्साहित थिए।
पुस्तक बिक्रीबाट संकलन भएको रकमले राष्ट्रिय आविष्कार केन्द्रले बिरगंजको कृषि औजार कारखाना सञ्चालन गर्ने पुनले बताउँदै आएका छन ।
उनलाई विधालयका प्रबन्ध निर्देशक, जिल्ला प्याब्सनका सह सचिव तथा केरवानी खानीपानी तथा सरसफाइ संस्थाका अध्यक्ष बोधराज गौडेलले स्वागत गरेका थिए ।
कार्यक्रममा वडा नं १ का अध्यक्ष दिपक नेपाल, यम राना, जुसु पुन, बोधराज गौडेल, मिलन मास्की, शोभा थापा लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सन्चालन केशव खनालले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology