Logo

२०८३, आश्विन ९गते


images
images

परदेशीको पिडा

जापानबाट आमालाई चिठी

जापानबाट आमालाई चिठी

कहिले काहि त डर लाग्छ कि सयौँ सपना बोकेर विदेसीयको म रातो बाक्समा समेटिएर फर्कने दिन त आउदैन ?
images
  • सेतोमसी सहकर्मी
  • जापानबाट आमालाई चिठी
    images
    images

    मलाई जन्मदिने मेरा भगवान सरह आमा बुबालाई शिर निहुराई ढोग, आमा बुबा मलाई माफ गर्नुहोला ! मलाई अझै याद छ, त्यो झिस्मिसे साँझ जुनदिन म घरबाट जापान हिडेको  त्यो दिन अझै झलझल्ति याद  आउछ । आमा भन्नु भएको थियो नि “बाबु टाडा जाँदै छौ, खुसि हुनु, राम्रोसंग सबैसंग मिलेर बस्नु, के गर्नु बाबु घरको ऋण, बेरोजगारि, घर परिवारको जिम्मेवरि २/२ ओटा बैनिहरुको जिम्मेवारि, आफ्नो भबिस्य, बुढा बुढा ति मेरा मावलिका हजुरआमा, बुबा सबैले कुराले गर्दा नगई नहुने भयो । 

    images
    images
    images

    मेरो त्यो स्वर्ग जस्तो परिवार छाडेर हिड्न त मलाई पनि रहर थिएन । तर, के गर्नु म जस्तो लाखौ छोराहरुको बध्यता हो नि है काधमा परिवारको जिम्मेवारि थपिए पछि विदेशिनु पर्ने रहेछ । 

    images
    images
    images

    कहिले काहि त डर लाग्छ कि सयौँ सपना बोकेर विदेसीयको म रातो बाक्समा समेटिएर फर्कने दिन त आउदैन ? यदि यस्तो दिन आएछ भने म मात्र हैन मेरो परिवारको भबिस्या तहस नहस हुनेछ । आसा छ, त्यो दिन नआओस । 

    images
    images
    images

    के भनेर फोन गरौं आमा, जापान आएको ३ बर्ष हुन लागि सक्यो न त ऋण तिर्न सके न त बाबा लाई विदेश देखि नेपाल नै फर्काउन सकें । म केहि गर्न सकेन भनेर फोन गरौ आमा कि खुसि दिन सकिन भनेर गरौ  या माफ गर्नुस  भनेर गरौ ? म दु:खी हुदा  भन्नुहुन्थ्यो  नि आमा “अरुको घर हो बनिहाल्यो । हाम्रो त महल हो बाबु एक न एक दिन बन्छ “मलाई थाहा छ आमा, हाम्रो कुनै महल हैन, १ तल्ले घर हो ४ वटा कोठा छ  तर आमा मैले केहि गर्न सकिन । न त ऋण तिर्न सके न त ति बुढा आखामा खुशि दिन सके अझै एक तल्ला थप्ने त के कुरा गरौ आमा  ३/४ महिना भयो घर मा घर खर्च नै पठाएको छैन आमा एक मन ले त लाग्छ कि सबै कुरा छाडेर नेपालमै आउँ तर आमा बाध्यता भयो एक्लो छोरो नेपाल आएर पनि के गरेर खानु । 

    बहिनिको पनि बिहे गरिदिनु नै पर्यो । भर्खरै सबै मन-मोह छाडेर नेपाल आउन त मन छ तर आमा अहिले म नेपाल आएर के गरु न म घरको हुन्छु न त घाटको । आमा मलाई माफ़ गरिदिनुस म एउटा असल छोरा बन्न सकिन  । म एउटा छोराले पनि तपाईलाई खुसि बनाउन सकिन आमा । आउने छु आमा एक दिन, त्यस पछि कहिले छाडेर हिँड्ने छैन ।  

    डराई डराई रुनु पर्छ । कसैले नसुनोस भनेर के गर्नु छोरा परियो दिल खोलेर रुने आधिकार पनि छैन । हामिहरुलाई यस्तै हैछ जिन्दगि सानो सानो खुशीहरु समेटेर रमाउने गरेको छु  । 

    यहाँ त आमा एक छाक पनि मुस्किलले खाने गरेको छु । जापानमा पाइने च्याउच्याउमा तातो पानि हालेर खाने गरेको छु । आमा कहिले काहि त पाउरोटि र दुध मात्र खाएर काममा दौडिन पर्छ । त्यो पनि जिन्दगिको रमाइलो भनुम कि दु ख गर्दै गरेको यात्रा भनम । आमा म खुसी छु कम्से कम म लक्ष्यलाई अन्धकारमा टुकि बालेर खोज्दै त छु नि ! 

    लाउ लाउ खाउ भन्ने उमेरमा बिदेश आए साथिसंगि सबै कता छन् छन् । कोहिले त फुन गर्छन, बोल्छन कोहिकोहि सार्है व्यस्त भएर होकि गरेको फोन पनि उठाउदैन्न । सब भविस्य बनाउनमा व्यस्त छन । माफ गर्नु मेरा पिर्य मित्रहरु, म हजुरहरुको साथमा हरेक दिन रहन सकिन तर याद भने सार्है आउछ नि स्कुल कलेज को सलिम सरको पिटाई , खेमान्नद सरको रमाइलो पढाई, मेरो तरगौलि स्कुल , केरवानि स्कुल ,आदर्श कलेज सम्पुर्ण गुरु वर्गमा नमन । 

    मलाई माफ गर्नु बैनि यसपालिको दशै, तिहारमा नि आउन सक्दिन, मलाई माफ गर्नु होला बुबा अझै कति दिन हजुर परिवार देखि बस्नु पर्ने होला मैले केहि गर्न सकिन कसैको लागि पनि 
    काममा राम्रोसंग काम गर्यो नेपालीले नेपालिकै खुट्टा तान्छन् गर्हौ छ आमा विदेशि जीवन । कैयौ रात बित्यो आनिदो अनि भोकै पेट ।  

    कहिले काहि त डर लाग्छ कि सयौँ सपना बोकेर विदेसीयको म रातो बाक्समा समेटिएर फर्कने दिन त आउदैन ? यदि यस्तो दिन आएछ भने म मात्र हैन मेरो परिवारको भबिस्या तहस नहस हुनेछ । आसा छ, त्यो दिन नआओस । 

    डराई डराई रुनु पर्छ । कसैले नसुनोस भनेर के गर्नु छोरा परियो दिल खोलेर रुने आधिकार पनि छैन । हामिहरुलाई यस्तै हैछ जिन्दगि सानो सानो खुशीहरु समेटेर रमाउने गरेको छु  । 

    आसा छ, हाम्रो पनि जिन्दगिको पाना  परिवर्तन हुनेछ । “आमाको न्यानो काखबाट शुरुवात भएको जिन्दगि दाउराको रापमाथि जलेर खरानी भएर सकिन्छ” । 

    - दुर्गा ठाकुर, नवलपरासी 
    हाल : जापान

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।