देवदह। रुपन्देहीको देवदह नगरपालिका वडा नं ११ रेहेरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रेहेराका ४५ वर्षीय वीरबहादुर गुरुङ रहेका छन् ।
देवदह–१ बिर्ता स्थित माँ वैष्णु साबुन फ्याक्ट्रीमा मेसिनको नट खोल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology