देवदह । देवदह प्रहरी चौकीले लागुऔषध र वालविवाह सम्वन्धी सचेतना अभियानलाई तिव्रता दिएकोे छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत देवदह क्षेत्रमा रहेका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई लागुऔषध र वालविवाह सम्वन्धी सचेतना कार्यक्रमलाई तिव्रता दिएको हो ।
यसैवीच प्रगति माध्यमिक विद्यालय देवदह–१२ र सरस्वती माध्यमिक विद्यालय देवदह–२, मा अभियान अन्र्तगत सचेतना कार्यक्रम गरिएको हो । दुवै विद्यालयमा आयोजित कार्यक्रममा देवदह प्रहरी चौकरीका प्रहरी निरिक्षक एक्क बहादुर नेपालीले लागुऔषध, वालविवाह र यस सम्वन्धी भएका कानुनी प्रावधानको विषयमा सचेतना सङै जानकारी दिएका छन ।
प्रगति माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालयको कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थीहरुलाई लागुऔषध र वालविवाहको वारेमा सचेतना कार्यक्रम गरिएको देवदह प्रहरी चौकीले जनाएको छ ।
कार्यक्रममा विद्यार्थीहरुलाई प्रहरी निरिक्षक नेपालीले लागुऔषध भनेको के हो ? यसले मानिसको शरिरलाई कसरी असर गर्छ र लागुऔषध प्रयोगकर्ताहरुको लागि कानुनी प्रावधान के छ भन्ने विषयमा प्रकाश पारेका थिए । लागुऔषधका कारण मृत्युवरण समेत गर्नुपर्ने भएकोले यस तर्फ विद्यार्थीहरु सचेत र सजग हुनु पर्ने प्रहरी निरिक्षक नेपालीले बताए ।
पछिल्लो समय १५ देखि १९ बर्ष सम्मका युवावुतीहरु लागु औषधमा फस्दै गएको बताउदै लागुऔषध न्यूनिकरण गर्ने उद्देश्यले अभियानको शुरुवात गरेको नेपालीले बताए । लागुऔषध र मादक पदार्थले मानसिक असर गर्ने भएकोले अभियाकहरु समेत सचेत हुन आवश्यक रहेको औल्याएका थिए ।
सोही अवसरमा वालविवाहको विषयमा विद्यार्थीहरुलाई सचेत गराउदै २० भन्दा कम उमेरमा विवाह गरेमा कानुनी कार्वाही हुने बताए । उनले लागुऔषधका कारण समाजमा अपराध सृजना हुने भएकोले लागुऔषध न्यूनिकरण गर्न सवै लाग्नु पर्नेमा उनले जोड दिएका छन । उनले अपराध रहित समाज निर्माण गर्न जनप्रतिनिधि, नागरिक समाज, प्रहरी प्रशासन वीच समन्वय र सहकार्य हुन आवश्यक रहेको औल्याए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको देवदह प्रहरी चौकीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology