देवदह । देवदह वडा नं १२ अन्तर्गत पर्ने सिक्टहन स्वास्थ्य चौकीमा पूर्ण संस्थागत प्रसूति सेवा सम्बन्धि
संयुक्त घोषणा कार्यक्रम सम्पन्न भएको छ।
बिहीबार देवदह नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको वडा नं ११ र १२ मा पूर्ण संस्थागत प्रसूति सेवा सम्बन्धि संयुक्त घोषणा गरेको हो।
टोलटोलमा २५ जना स्वास्थ्यकर्मी परिचालन गरी घरधुरी सर्वेक्षणको काम सक्दै पूर्ण संस्थागत प्रसूति सेवायुक्त सुनिश्चितताको घोषणा गरिएको देवदह नगरपालिका स्वास्थ्य प्रमुख काशीराम बन्जाडेले बताए। नगरपालिकाले वडा नम्बर १, २, ३ र ११/१२ लाई लुम्बिनी प्रदेश सरकारले तय गरेको मापदण्ड पूरा गरेको आधारमा पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गरिसकेको बन्जाडेले बताए।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका कार्यवाहक नगर प्रमुख विद्यालक्ष्मी गुरुङले पूर्ण संस्थागत प्रसूति सेवा सम्बन्धि घोषणा १२ वटै वडामा गरिने बताइन्। ग्रामीण भेगमा भएका स्वास्थ्य संस्थामा पनि प्रसूति सेवा विस्तार गरी घरमा सुत्केरी हुने अवस्थाको अन्त्य गर्न अभियानको रुपमा कार्यक्रम अगाडि बढाइएको उनले बताइन् ।
नगरपालिकाले दिगोपन र सुनिस्चिता साथै यस अभियानमा सबै क्रियाशील भई निरन्तरता दिनुपर्नेमा जोड दिँदै स्वास्थ्य संस्थाका सुविधा सम्पन्न भवनबाट गुणस्तरीय स्वास्थ्य सेवा दिन पालिकाले काम गरिरहेको उनले जानकारी दिइन्।
सिक्टहन स्वास्थ्य चौकीका प्रमुख रेशम सुनारको स्वागत मन्तव्यमा सञ्चालन कार्यक्रममा देवदह नगरपालिका प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, देवदह वडा नं ११ का वडा अध्यक्ष दुधनाथ यादव, १२ का वडा अध्यक्ष डेग बहादुर सारु मगरले अा - आफ्ना भनाई राखेका थिए भने कार्यक्रमको सहजीकरण माया पुनले गरेकी थिइन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology