Logo

२०८३, आश्विन ९गते


images
images

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा १०५ देशका पर्यटक

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा १०५ देशका पर्यटक

images
  • सेतोमसी सहकर्मी
  • अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा १०५ देशका पर्यटक
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा १०५ देशका पर्यटकले भ्रमण गरेका छन् । गएको कात्तिक दोस्रो सातादेखि संग्रहालयमा आउने पर्यटकको तथ्याङका राष्ट्रअनुसार राख्न थालिएको हो ।

    images
    images
    images

    सार्कबाहेक ९८ देशका पर्यटकले भ्रमण गरेको संग्रहालयकी लेखापाल भावना शर्माले जानकारी दिइन् । शर्माका अनुसार चालु आर्थिक वर्षमा एक लाख ४५ हजार ३३४ जनाले संग्रहालयको अवलोकन गरेका छन् ।

    images
    images
    images

    गएको वर्ष एक लाख ९८ हजार ८२५ जनाले संग्रहालयको अवलोकन गरेको तथ्याङ्क छ ।

    images
    images
    images

    नेपाली पर्यटक, विद्यार्थी र भिआइपी गरेर एक लाख नौ हजार ९१५ जना संग्रहालय पुग्दा सार्क राष्ट्रका १६ हजार ३१० जना र विदेशी १९ हजार २८ जना आएको  तथ्याङ्क छ । ८१ जनाले संग्रहालयमा फोटोसुटका लागि अनुमति लिएका छन् ।

    विदेशीमा जापनबाट आउने पर्यटकको संख्या धेरै छ । एक हजार ७६४ जापनका पर्यटकले संग्रहालय भ्रमण गरेका हुन् । यस्तै, एक हजार ७६ फ्रान्सेली, ८१६ दक्षिण कोरियाली, ७९३ अमेरिकी, ५६५ बेलायती संग्रहालय पुगेका छन् ।

    चालु वर्षको हालसम्म टिकट विक्रीबाट २ करोड १७ लाख २८ हजार १५५ रुपैयाँ संग्रहालयले आम्दानी गरेको लेखापाल शर्माले बताइन् । ‘मासिक २५ लाख रुपैयाँसम्म सञ्चालनमा खर्च हुने गरेको छ’, उनले भनिन् ।

    संग्रहालय अवलोकनमा आउने विदेशीसँग ५०० रुपैयाँ शुल्क लिइन्छ । सार्क राष्ट्रका नागरिकलाई २५० रुपैयाँ, नेपालीलाई १०० रुपैयाँ, नेपाली विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ । आवासीय भिसा पाएका नागरिकले २५० रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ ।

    पोखरा महानगरपालिका– १७ रातोपैह्रामा १०० रोपनी क्षेत्रफलमा संग्रहालय छ । २०६० सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले संग्रहालयको उद्घाटन गरेसँगै सञ्चालनमा आएको थियो । नेपाल पर्वतारोहण संघको मातहातमा संग्रहालय सञ्चालनमा छ ।

    संग्रहालयमा हिमाल, हिमाली समुदाय, जनजीवन र गतिविधिलाई उतारिएको छ । हिमाल बुझ्न चाहने पर्यटकको रोजाई बनेको पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपाने बताउँछिन् ।

    ‘जो हिमाली क्षेत्रमा जादै छन उनहरु पनि अध्ययनका लागि आउछन । हिमाली क्षेत्रमा नजाने पर्यटक पनि हिमाली जनजीवनबारे बुझ्नलाई संग्रहालय अवलोकन गछन ।

    हिमालबारे अध्ययन अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय थलो बनेको उनको भनाइ छ । संग्रहालयलाई पर्यटकको सुझाव अनुसार अझै उत्कृष्ट बनाउदै लैजाने कार्यकारी निर्देशक न्यौपानेले बताइन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।