Logo

२०८३, आश्विन ९गते


images
images

समुद्रपारि

लालटिन बालेर परिवर्तन खोज्ने 'सोतन्त्र'

लालटिन बालेर परिवर्तन खोज्ने 'सोतन्त्र'

images
  • लालटिन बालेर परिवर्तन खोज्ने 'सोतन्त्र'
    images
    images

    वि. सं. २०६४ सालको नेपालमा जातीय राज्यको बहस भइरहेको थियो । त्यो बेला केही समय केही युवाहरूले आफ्नो नामको पछाडि थरको सट्टामा 'नेपाल' राख्ने एउटा् चलन पनि चलाए । त्यो अभियानले उनलाई पनि प्रभावित पार्यो । उनले आफ्नो नाम थर सबै छोडेर 'सोतन्त्र नेपाल' भनेर नाम लेख्न थाले । देशलाई माया गर्ने र सामाजिक काममा रमाउने ती युवा बैदेशिक रोजगारमा खाडी पुगेका छन् ।  उनी हुन् - अमृत लम्साल ।   

    images
    images
    images

    गौतम बुद्धको मावली गाउँ देवदहमा २०४७ साल असार १६ गते पिता शिवलाल र माता विलकुमारी लम्सालको कोखबाट जन्मिएका अमृत लम्साल अर्थात 'सोतन्त्र नेपाल' को बाल्यकाल सामान्य रुपमा बित्यो । साझ बिहान खानको समस्या नभएपनि आर्थिक अभावकै कारण कैयौं चाहनाहरू खुम्च्याएको उनी बताउछन् । देवदहको जनप्रीयबाट माध्यमिक एसएलसी परिक्षा उत्तीर्ण गरेका उनले लुम्बिनी वाणिज्य क्याम्पसबाट स्नातकसम्मको शिक्षा हाँसिल गरे ।  बाल्यकालमा उनको सपना बैंकर बन्ने थियो । विद्यालय जीवनमा कुनै कार्यक्रममा सहभागी हुनपछि नहट्ने उनी सानैदेखि नेतृत्व गर्न रुचाउथे । विद्यालयको शैक्षिक भ्रमण होस् या कुनै कार्यक्रम उनी सबै व्यवस्थापन गर्थे ।  
     
    विद्यालय जीवनमा अमृतलाई एक अवसर आयो ।  एक संस्थाले देवदहमा र मक्रहर क्षेत्रका प्रकोप जोखिमका ठाउँमा जनचेतना फैलाउने कार्यक्रम आयोजना गर्ने भयो । त्यसकालागी देवदह र मक्रहरबाट गरि १२ जना छ्नौट हुनु पर्नेमा उनी देवदहबाट एकल छ्नौट्मा परे । त्यहाँ उनले सडक नाटक गर्नुपर्थ्यो । त्यसको लागि एक हप्ताको तालिम दिइयो, उनी सहभागी भए । उनले नाटक सिके र विभिन्न ठाउँमा देखाए । उनमा  भोक थियो, केही गर्ने हुटहुटि पनि । कक्षा १० मा पढ्दै गर्दा 'पश्चताप' नामको एक नाटक लेखेका उनले सोही संस्थासंग समन्वय गरि आफ्ना साथीलाई नाटक सिकाए र देवदहका विभिन्न ठाउमा देखाए पनि । उनको नेतृत्वदायी भुमिकाले एक नाटकको उनका साथीहरुले एक जनाले पाँच सय पाउने भए । उनी त्यो दिनलाई सम्झ्दै भन्छन्, "मैले नाटक सिकें  र साथीहरूलाई सिकाएँ पनि ।"

    images
    images
    images

    सोतन्त्रको वैदेशिक यात्रा 

    images
    images
    images

    कक्षा १२ सकेपछि सोतन्त्र बिरगंज गए । त्यहा उनले पढ्ने र काम गर्ने योजना बनाएका थिए । उनले एक कम्पनीको प्रशासनमा काम गर्न थाले । त्यहिबेला  इराक रहेका उनका आफन्त दाजुले उनलाइ पनि इराक लैजाने कुरा गरे ।  सोतन्त्रले स्विकार्दै 'हुन्छ, जान्छु' भने ।  इराक जान उनले १९ वर्षको उमरेमा पासपोर्ट बनाए तर उनी इराक जान सकेनन् । अब उनमा विदेश जाने रहर पलाइसकेको थियो । एकदिन पत्रिका अमृतले  वैदेशिक रोजगारी क्षेत्रमा कामको बिज्ञापन देखे । ३० हजार लागतमा कतारको एक कम्पनीले अकाउन्टेन्ट खोजेको रै'छ ।  तलब नेपाली ७० हजार दिने ।  उनी अन्तर्वार्ता दिन बिरगंजबाट काठमाडौं हानिए ।

    अन्तर्वार्तामा सफल भएपछि उनको भिसा लाग्यो । बिस्तारै उनको घर छोड्ने दिन आउदै थियो । उनी निदाउन सकेनन् ।  भोलि बिहानको मिर्मिरेसंगै घर छोडेर परदेशिनु थियो । नजिकका साथीभाइलाई उनले  बिदाइ गरिसकेको थिए । बिदाइको हात हल्लाउन उनका लागि सहज थिएन ।  उनी बिदेसिने खबर पाएपछि जो कोहिले पनि भन्ने  गर्थे "तँ जस्तो मान्छे बिदेश जाने होइन, यही केही गर्नुपर्छ ।”  तर उ जस्तो मान्छेले यहाँ के गर्नुपर्छ भन्ने कुरा कसैले कहिल्यै बताएनन् । यसरी उनी २०६६ सालमा कतार पुगे ।  आफ्नो जीवनको सपनाको नक्सा कोर्न उनी आफ्नै देशको नक्सा बाहिर पुगे ।  

    भर्खर दशै सकिएर तिहार नजिकिदै थियो । उनले विद्यालयबाट देउसी भैलो खेल्न सके राम्रो सहयोग उठ्ने बताए । जनप्रिय माविका शिक्षकहरुलाई त्यो विचार राम्रै लाग्यो र सोतन्त्र नेपाल कै नेतृत्वमा सुरु भयो - विद्यालयको भैलो । अझ मज्जाको  कुरा त के भयो भने जुन सहयोग रकम उठाउने लक्ष्य विद्यालयको थियो, त्यो भन्दा दोब्बर रकम उठाउन सफल भयो । जुन विद्यालयमा आफुले पढे, सोही विद्यालयको नेतृत्व गरेको भैलो कार्यक्रममा करिव ३० लाख जम्मा भयो । पछि सोही रकमले विद्यालयले स्कुल बस किन्यो ।

    अष्ट्रेलिया, अमेरिका जाने ग्रीन कार्ड लिने र उतैको नागरिक बन्दै नेपाली नागरिकता त्याग्नेलेभन्दा ऋण धन गरि खाडी गएकाहरूले देशलाइ धेरै गुन लगाएको अमृतको बुजाइ छ । उनी भन्छन्, "खाडी जानेलाई नेपाली समाजले हेर्ने नजर बदलिनु जरुरी छ । अष्ट्रेलिया, अमेरिका जानेले जन्मभुमी त्याग्छन् तर खाडीमा हुनेले जन्मभुमी धान्छन् । आर्थिक रुपले युरोप, अमेरिकाले हाम्रो नागरिक किन्यो, खाडीले नागरिकको श्रम किन्यो फरक यत्ति हो ।" 
     
    'उज्यालो लालटिन'का अभियन्ता 

    उज्यालो आफ्नो जीवनको अभिन्न अंग भएको उनी बताउछन् । अमृत भर्खर कतारबाट आएका थिए ।  आफू पढेको जनप्रीय स्कुलले विद्यालयको विकासका निम्ति भुपु-विद्यार्थीसंग सहयोग संकलन गर्ने कार्यक्रम ल्याएको रहेछ । एकदिन अचानक उनको भेट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव पराजुली र सोही विद्यालयका शिक्षक श्याम थापासंग भयो । उनीहरुले सोतन्त्रलाई पनि केही सहयोग गर्न अनुरोध गरे  । तर उनलेभने सहयोग उठाउनुभन्दा फरक सोचे । भर्खर दशै सकिएर तिहार नजिकिदै थियो ।  उनले विद्यालयबाट देउसी भैलो खेल्न सके राम्रो सहयोग उठ्ने बताए । जनप्रिय माविका शिक्षकहरुलाई त्यो विचार राम्रै लाग्यो र सोतन्त्र नेपाल कै नेतृत्वमा सुरु भयो - विद्यालयको भैलो । अझ मज्जाको  कुरा त के भयो भने जुन सहयोग रकम उठाउने लक्ष्य विद्यालयको थियो, त्यो भन्दा दोब्बर रकम उठाउन सफल भयो । जुन विद्यालयमा आफुले पढे, सोही विद्यालयको नेतृत्व गरेको भैलो कार्यक्रममा करिव ३० लाख जम्मा भयो । पछि सोही रकमले विद्यालयले स्कुल बस किन्यो ।  यो सम्झदा उनलाइ गर्व लाग्छ । 

    अब उनमा समाजसेवाको रहर पलायो । उनले सामाजिक काममा आत्मसंतुष्टि महसुस गरे । केही युवाको परिकल्पनामा २०७३ सालमा उज्यालो लालटिन प्रतिष्ठान स्थापना भयो । अमृत त्यसको संस्थापक अध्यक्ष बने । 

    उनी साथी भाइलाई नेपाल फर्किने कुरा गर्दा साथीहरुले एक मात्र प्रश्न गर्छन्- नेपाल गएर के गर्छ्स ? `देशमा कोहि बस्न चाहदैन । 'आधी बाहिर गए, कोहि भिसा नलागेर बसेका हुन्'  यस्तो कुरा सुन्दा उनको मन अमिलो हुन्छ । सोतन्त्रले कसैलेलाई पनि देश छोड्न प्रोत्साहन गर्दनन्  । उनी नेपाल फर्किएर राजनीतिक र सामाजिक क्रियाकलापमा सक्रिय हुने बताउछन् । 

    सोतन्त्र नेपाल, अर्जुन विक, मुकेश ज्ञवाली र युवराज लामिछाने यी चार जनाको परिकल्पनामा स्थापना भएको उज्यालो लालटिनमा हाल ५४ जना सद्स्य छन् ।  स्थापनासंगै देवदहमा थुप्रै साहित्यिक कार्यक्रम, स्वास्थ्य शिबिर, देवदहमा एम्बुलेन्स संचालन लगायका कार्यक्रम गर्दै आएको छ ।  अमृतको तन परदेशमा छ तर मन देशमा । उनी प्रत्येक पटक घरमा विदामा आउँदा एक न एक कार्यक्रम आफ्नो नेतृत्वमा गर्छन् ।  

    उनी साथी भाइलाई नेपाल फर्किने कुरा गर्दा साथीहरुले एक मात्र प्रश्न गर्छन्- नेपाल गएर के गर्छ्स ? `देशमा कोहि बस्न चाहदैन । 'आधी बाहिर गए, कोहि भिसा नलागेर बसेका हुन्'  यस्तो कुरा सुन्दा उनको मन अमिलो हुन्छ । सोतन्त्रले कसैलेलाई पनि देश छोड्न प्रोत्साहन गर्दनन्  । उनी नेपाल फर्किएर राजनीतिक र सामाजिक क्रियाकलापमा सक्रिय हुने बताउछन् । 
     
    सोतन्त्रको बैदेशिक रोजगारको जीवन अझै स्वतन्त्र बनोस्, देश फर्किएर राजनीतिक सामाजिक आन्दोलनमा सक्रिय हुने उनको सपनाले समाज  र देशको राजनीतिलाई योगदान दिन सकोस् । शुभकामना  ! 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।