Logo

२०८३, श्रावण २७गते


images
images

मुसिकोट नगरपालिकाले 'भष्ट्रहरु' को संरक्षण गरेको नेपाली कांग्रेस मुसीकोटको आरोप 

मुसिकोट नगरपालिकाले 'भष्ट्रहरु' को संरक्षण गरेको नेपाली कांग्रेस मुसीकोटको आरोप 

images
  • मुसिकोट नगरपालिकाले 'भष्ट्रहरु' को संरक्षण गरेको नेपाली कांग्रेस मुसीकोटको आरोप 
    images
    images

     गुल्मी । नेपाली काँग्रेस नगर कार्यसमिति मुसिकोट नगरपालिकाले मुसिकोट नगरपालिकाले भष्ट्रहरुको संरक्षणमा भएको आरोप लगाएको छ । आइतवार एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाली काँग्रेस मुसिकोट नगर कार्यसमितिले वडा नम्बर २ मा जनप्रतिनिधिको संलग्नतामा आर्थिक अनियमितता गरिएको भन्ने बिषयमा नगरपालिकाले दिएको प्रतिक्रियाको आलोचना गर्दै भष्ट्रहरुको संरक्षणमा मुसिकोट नगरपालिका रहेको आरोप लगाएको हो । 

    images
    images
    images

    ‘मुसिकोट नगरपालिका वडा नम्बर २ मा त्यहाँका स्थानीय जनप्रतिनिधिको संलग्नतामा आर्थिक अनियमितता गरिएको समाचार संचार माध्यममा आएको सबैलाई सर्वविधितै छ । जनताको सेवा गर्न निर्वाचित भएका जनप्रतिनिधिहरु नै आर्थिक अनियमितता र भष्ट्रचारको काण्डमा मुछिदाँ समेत नगरपालिकाले कार्वाही प्रक्रिया समेत अगाडी नबढाउनुले मुसिकोट नगरपालिका भष्ट्रहरुको संरक्षणमा उद्दत छ ।’ नेपाली काँग्रेस मुसिकोट नगरपालिकाका कार्यवाहक सभापति बेगप्रसाद शाक्यद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ । 

    images
    images
    images

    साथै विज्ञप्तीमा भष्ट्रचार जस्तो जघन्य अपराधको बारेमा बुझ्न नगरपालिकाको कार्यालयमा गएका पत्रकारहरुमाथि नगरप्रमुखद्धारा गरिएको गलत टिप्पणीले संचार क्षेत्रमाथि उपेक्षा गरिएको स्पष्ट हुने समेत उल्लेख छ । नेपाली काँग्रेस मुसिकोट नगरपालिकाका कार्यवाहक सभापति बेगप्रसाद शाक्यद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा मुसिकोट नगरपालिका वडा नम्वर २ का स्थानीय जनताहरुको आवाजहरुलाई अबिलम्ब छानविन गरी दोषी जनप्रतिनिधिमाथि कार्वाहीको लागि  जोडदार माग गरिएको छ । 

    images
    images
    images

    नागरिकलाई बारम्बार उपेक्षा गरी राजनितिक मिलेमोतोमा आर्थिक अनियमितताका विषयलाई छिपाउने प्रयत्न गरिएमा नेपाली काँग्रेस मुसिकोट नगर कार्यसमितिले प्रतिवाद गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । 

    साथै, प्रेस विज्ञप्ती मार्फत मुसिकोट नगरपालिकाका विभिन्न वडामा कोभिड १९ बिरुद्धको खोप कार्यक्रममा लापरबाही भएको उल्लेख गर्दै नेपाली कांग्रेस मुसीकोटले गम्भीर ध्यानकर्षण भएको बताइएको छ । लक्षित वर्ग बारम्बार खोप केन्द्रमा जाँदा खोप नपाउनुले मुसिकोट नगरपालिकाको स्वास्थ्य क्षेत्र अस्तव्यस्त भएको संकेत गर्ने विज्ञप्तीमा उल्लेख छ ।                                                                            received_578804630143445.jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।