Logo

२०८३, श्रावण २७गते


images
images

आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना

आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना

images
  • सेतोमसी सहकर्मी
  • आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना
    images
    images

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही देशको बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ |   

    images
    images
    images

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। लुम्बिनी  प्रदेशका केही स्थानहरूका साथै सुदूरपश्चिम प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।

    images
    images
    images

    आइतबार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारण बदली रही देशको बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। लुम्बिनी  , गण्डकी, बागमती, मधेस र कोशी प्रदेशको तराईका केही स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको मौसम
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।