माधव ज्ञवाली, गुल्मी । क्यान्सरबाट पिडित गुल्मीकि हिमकला सारुलाई उपचारको लागि आर्थिक अभाव भएको छ। जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा न.५ ताँगबास कि ४८ बर्षिया सारु बिगत एक बर्ष भन्दा लामो समयदेखि पाठेघरको क्यासरबाट पीडित छिन् ।
घरको आर्थिक स्थिति कमजोर भएको कारण उपचारमा समस्या देखिन थालेको परिवारजनले बताएको छ । उनको क्यान्सर अहिले चौथो स्टेजमा रहेको छ । एक बर्ष पहिले पाठेघरमा क्यान्सर देखिएकोमा अहिले पुनः कलेजोमा सरेको अस्पतालले बताएको छ। 
सारुको अहिले नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर ललितपुरमा उपचार भइरहेको छ। गत बर्ष उपचार गर्दा १५ लाख जति खर्च भएको र त्यसको ऋण समेत तिर्न नसकिएको छोरी पुष्पा सारु बताउँछिन।
अस्पतालको उपचारमा लाग्ने खर्च थेग्न नसकेपछि क्यान्सरबाट पिडित हिमकला सारुको परिवारले सहयोगको लागि अपिल गरेको छ। "डाक्टरले केमु चढाउन पर्छ भनेका छन, तर खर्च धेरै लाग्ने भएको कारण केमु नचढाई आयुर्वेद औषधि प्रयोग गरेका छौ" - छोरी पुष्पा बताउँछिन ।
आयुर्वेद औषधिले केही सुधार भएतापनि मासिक चालीस हजार जतिको औषधि लाग्ने भएकोले आर्थिक स्रोत जुटाउन निकै कठिन भएको उनको भनाई छ । पीडित सारुका श्रीमान वैदेशिक रोजगारीका क्रममा भारतमा छन् । तीन छोरी र एक छोरा भएका सारुको घरको आर्थिक अवस्था झन कमजोर बन्दै गएको छ।
यसैबीच बम्घा राहत संंकलन तथा बितरण अभियानले पिडित सारु परिवारलाई नगद पाँच हजार उपलब्ध गराउँदै "हेमकला सारु बचाऔँ " अभियान सुरु गरेको छ। यस राहत संकलन तथा बितरण अभियानले कोरोना भाइरसको संक्रमणका कारण सरकारले गरेको लगडाउनबाट मारमा परेकाहरुलाई लामो समयदेखि निरन्तर राहत पनि उपलब्ध गराउँदै आएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology