देवदह । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले रुपन्देहीको देवदहमा शोकसभा सम्पन्न गरेको छ । पार्टी सदस्य पवित्रा न्यौपानेको निधनको शोकमा पार्टीले शोकसभा सम्पन्न गरेको हो ।
शोकसभामा बोल्दै माओवादी केन्द्र रुपन्देहीका सचीव निर्मल जीसीले पुरै परिवार नै पार्टी सदस्य भएर लामो समयदेखि पार्टी जीवनमा जोडिएको उल्लेख गर्दै दिवंगत न्यौपानेको योगदानको चर्चा गरे ।
पार्टी नेताहरू हिरा केवट 'राहुल', सुजीत विक, लुम्बिनी प्रदेश सभा सदस्य दिपा विक, गोविन्द पंगेनी, मोतिलाल ढकाल लगायतको उपस्थितिमा सम्पान्न शोक सभाको अध्यक्षता पार्टी देवदह नगर अध्यक्ष केदारनाथ काफ्ले तथा संचालन पार्टी वडा नं. ७ का इन्चार्ज शिव पाठकको रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology