Logo

२०८३, कार्तिक २५गते


images
images

तराईमा चार दिनसम्म तातो हावा चल्नसक्ने

तराईमा चार दिनसम्म तातो हावा चल्नसक्ने

images
  • सेतोमसी सहकर्मी
  • तराईमा चार दिनसम्म तातो हावा चल्नसक्ने
    images

    काठमाडौं । अत्याधिक गर्मी बढेको तराई क्षेत्रमा आगामी चार दिनसम्म तातो हावा चल्नसक्ने चेतावनी मौसम पूर्वानुमान महाशाखाले दिएको छ।

    images
    images
    images

    महाशाखाका अनुसार केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनमत तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको तथा तराईका केही स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यसभन्दा बढी नापिएको छ।

    images
    images
    images

    सोमबार दिउँसोको तथ्यांकअनुसार भैरहवामा ४०.९ र सिमरामा ४० डिग्री सेल्सियस तापक्रम मापन भएको छ । जनकपुरमा ३९.४, धनगढीमा ३८.८ र नेपपालगञ्जमा ३८.४ डिग्री सेल्सियस मापन भएको पनि मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ।

    images
    images

    आगामी चार दिनसम्म धनुषादेखि कञ्चनपुरसम्म अत्याधिक गर्मी हुने भएकाले तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । 

    अत्याधिक गर्मी बढेपछि केही दिनयता तराईको जनजीवन प्रभावित बनेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।