काठमाडौं । खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (युएई) मा लगातारको वर्षाका कारण आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिकाका मोहन पुन रहेको नेपाली दूतावास आबुधाबीले जनाएको छ।
युएईको सारजाह सहरबाट अजमान जाने बाटो रहेको पुलनजिक पुन परेको दूतावासले जनाएको छ। वेल क्याफे रेस्टुरेन्टमा काम गर्दै आएका पुन भिजिट भिसामा युएई पुगेको दूतावासले जनाएको छ।
बाढीका कारण युएईका सरकारी कार्यालय बन्द छन्। युएईका सरकारी कार्यलय बन्द भएका कारण मृतक पुनको बारेमा थप जानकारी प्राप्त नभएको दूतावासले जनाएको छ।
युएईमा भारी वर्षाका कारण सडक जलमग्न भएका छन् भने आवासीय भवनहरूमा पानी पसेको छ। मेट्रो रेल, आन्तरिक र अन्तर्र्राष्ट्रिय उडानसमेत प्रभावित बनेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology