काठमाडौं । धादिङको नीलकण्ठ नगरपालिका वडा नं ५ खाल्टेमा मल बोकेको आइचर ट्रक दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् ।
बा २ ख ८९४७ नम्बरको ट्रक खाल्टेको पिमलखोला नजिकै पालपाली टोलमा दुर्घटना हुदा पतेनीका १० वर्षिय बालक सन्तोष रम्तेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।
दुर्घटनामा परेर पाँच जना बालबालिकासहित आठ जना घाइते भएका छन् । घाइते हुनेहरुमा एकैपरिवारका ५ जना रहेका छन् । घाइतेमध्य ५ जनाकाे अवस्था गम्भीर रहेकाे छ ।
दुर्घटना भए लगत्तै प्रहरी र एम्बुलेन्स घटनास्थल पुगेर स्थानीयको सहयोगमा घाइतेहरुको उद्धार गरेको हो । घाइतेहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेहरुलाइ काठमाण्ठौ पठाउने तयारी भइरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology