नवलपरासी । 'भ्रष्टाचारी' नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्पण टिभी नेपाल नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा भ्रष्टाचारले देश आक्रान्त बनेको, बेरोजगार बढेको लगाएतका विषय समेटिएको छ ।
अर्जुन पाण्डे र दिपा न्यौपानेको शब्द संकलन रहेको गीतमा लोकजी मिजारले संगीत भरेका छन । गीतमा लक्ष्मी पराजुली, राम श्रेष्ठ, लोकजी मिजार र सनम श्रीपालीको आवाज रहेको छ ।
पाल्पा आसपासका क्षेत्रमा छायांकन गरिएको भिडियो उत्कृष्ट बनेको र नेपाली कथाबस्तु समेटिएको दर्पण टिभी नेपाल नामक युटुब च्यानल संचालक विमल भट्टराईले बताएका छन् ।
हेर्नुहोस् भिडियो
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology