Logo

२०८३, श्रावण २७गते


images
images

आलुले चिनिएको हेम्जा

आलुले चिनिएको हेम्जा

images
  • सेतोमसी सहकर्मी
  • आलुले चिनिएको हेम्जा
    images
    images

    पाँच सय बढी किसानले व्यावसायिक आलुखेती गरिरहेका महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । उनका अनुसार हेम्जामा वार्षिक चार हजार पाँच सय मेट्रिक टनभन्दा बढी आलु उत्पादन हुने गरेको छ ।

    images
    images
    images

    'वर्षमा झन्डै रु १० करोड बराबरको आलु उत्पादन हुन्छ', कडरियाले भने, 'हेम्जाको आलु देशमै ‘ब्रान्ड’ बनिसकेको छ ।' महानगरको तथ्याङ्कअनुसार केही वर्षअघिसम्म हेम्जामा चार सय ५० हेक्टरमा आलुखेती हुने गरेकामा त्यो घटेर अहिले करिब तीन सय हेक्टरमा सीमित भएको हो । 

    images
    images
    images

    आलुखेतीका लागि हेम्जा उर्वर थलो रहेको भन्दै महाशाखा प्रमुख कडरियाले पछिल्लो समय घरघडेरी विस्तारले उब्जाउ जमिन नासिएकामा भने चिन्ता व्यक्त गरे । उनका अनुसार राजमार्ग विस्तार, ठूला पूर्वाधार र तीव्र बजारीकरणका कारण हेम्जाको कृषियोग्य जमिन घट्दै गएको हो ।

    images
    images
    images

    हेम्जाको आलु बजारमा आउँदा पोखरामा बाहिरबाट आयात हुने झन्डै ५० प्रतिशतले घट्ने गरेको महाशाखा प्रमुख कडरियाले बताए । महानगरका अन्य वडामा पनि व्यावसायिक आलु खेती प्रवर्द्धन गर्न सकिए पोखराको बजार मागलाई धान्न सकिने उनको भनाइ छ । 

    यहाँ ‘एमएस–४२’, खुमल लक्ष्मी, जनकदेवलगायत जातका आलु बाली लगाउने गरिएको स्थानीय वसन्त श्रेष्ठले बताए । किसानले कात्तिक/मङ्सिरमा लगाएको आलु चैतसम्ममा भित्र्याउन सकिने उनको भनाइ छ ।

    'यहाँ हिउँदे आलुको मात्रै खेती हुन्छ । यहाँ फल्ने आलु राजमार्गको पहुँचका कारण सहजै बजारसम्म पुग्ने गरेको छ । उपभोक्ताले पनि हेम्जाको आलु खोजीखोजी किन्छन्,' उनले भने ।

    आलु भण्डारणका लागि महानगरको आर्थिक सहयोगका चिस्यान केन्द्र पनि निर्माण गरिएको छ । गुणस्तरीय बीउ, मलको अभाव, हावापानीमा आउने परिवर्तनलगायत कारणले आलुखेतीमा चुनौती थपिँदै गएको किसानको भनाइ छ ।

    पछिल्लो समय ‘आलु महोत्सव’ हुन थालेपछि हेम्जाको आलुको बजारीकरणमा सहजता थपिएको किसान बताउँछन् । यस वर्षको बाह्रौँ ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’ आइतबारदेखि सुरु हुँदैछ ।

    महोत्सव अवधिमा लाखौँको आलु बिक्री गर्ने योजनामा किसान छन् । व्यावसायिक कृषिको प्रवर्द्धनका साथै हेम्जालाई कृषि–पर्यटनको ‘हब’का रुपमा चिनाउने उद्देश्यले महोत्सव राखिएको आयोजक विष्णु पादुका क्लबका अध्यक्ष सुबिन श्रेष्ठले बताए । 

    महोत्सवका लागि ५० टनभन्दा बढी आलु सङ्कलन गरिसकिएको उनको भनाइ छ । महोत्सव अवधिभर ८० टन आलु बेच्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो । महोत्सव आगामी वैशाख ५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

    ‘सुन्दर ठाउँ हेम्जा जाऔँ, आलुका स्वादिष्ट परिकार खाऔँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको हो । आलुलगायत ताजा तरकारीको बहृत् प्रदर्शनी, आलुका परिकारको प्रदर्शनी एवं बिक्री, आलुको पहाड निर्माण, कृषि झाँकीलगायत महोत्सवका आकर्षण रहेका छन् ।  

    किसानलाई लक्ष्य गरी माटो, बोटबिरुवा परीक्षण तथा रोगको निदान, कृषि उपज, बीउबिजन, कृषि यन्त्र, उपकरण आदिको प्रर्दशनी, कृषिसम्बन्धी सांस्कृतिक प्रस्तुति, कृषि बहस, कृषक सम्मानलगायत कार्यक्रम पनि राखिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अवलोकनमा आउने सर्वसाधारणलाई आलुलगायत कृषि उपज किनमेलका लागि छुट्टै बिक्रीकक्ष निर्माण गरिएको छ ।

    अध्यक्ष श्रेष्ठले महोत्सवमा कृषिमा ३० वटा व्यावसायिक ‘स्टल’ रहने जानकारी दिए । उनका अनुसार अन्य व्यापारिक ‘स्टल’ एक सय र रेष्टुराँका लागि १० ‘स्टल’ रहने छन् । 'कृषि पर्यटन र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव राखिएको हो,' अध्यक्ष श्रेष्ठले भने ।

    महोत्सवमा विविधता र आकर्षण थप्न मनोरञ्जनात्मक गतिविधि पनि समेटिएको छ । साङ्गीतिक प्रस्तुति, रमाइलो मेला, बाल उद्यान आदि राखिने क्लबले जनाएको छ । रासस

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आलु खेती
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।