Logo

२०८३, श्रावण २७गते


images
images

देवदहमा कक्षा ८ को नतिजा सार्वजनिक, ४४.५५ प्रतिशत विद्यार्थी उत्तीर्ण

देवदहमा कक्षा ८ को नतिजा सार्वजनिक, ४४.५५ प्रतिशत विद्यार्थी उत्तीर्ण

images
  • सेतोमसी सहकर्मी
  • देवदहमा कक्षा ८ को नतिजा सार्वजनिक, ४४.५५ प्रतिशत विद्यार्थी उत्तीर्ण
    images
    images

    देवदह । देवदह नगरपालिकाले आधारभूत तह कक्षा ८ को परिक्षाफल सार्वजनिक गरेको छ । प्राप्त नतीजा अनुसार देवदहमा ४४.५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । कुल एक हजार ६८१ जना सहभागी परिक्षामा ७४९ जना विद्यार्थी उत्तीर्ण भएको नगर शिक्षा अधिकृत परशुराम ढकालले जानकारी दिए । 

    images
    images
    images

    सार्वजनिक भएको नतिजा अनुसार सामुदायिक विद्यालय तर्फ भविष्य निर्माण माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालयको नतिजा ५० प्रतिशत रहेको छ भने सबैभन्दा कमजोर नतिजा खड्ग माविको रहेको छ । खड्ग माविबाट परिक्षा दिएका मध्ये जम्मा १ जना अर्थात् २.०४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यसैगरी शंकर आविबाट पनि १ जना विद्यार्थीमात्र उत्तिर्ण हुन सफल भएका छन् । 

    images
    images
    images

    सामुदायिक विद्यालय तर्फ ४० प्रतिशतभन्दा माथि विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयहरूमा भविष्य निर्माण र सरस्वतीसहित जनता माध्यमिक विद्यालय (४२.८६ रहेका छन् । 

    images
    images
    images

    त्यसैगरी संस्थागत विद्यालयतर्फ न्यु लुम्बिनी इन्लिश बोर्डिंङ स्कुलले शत प्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल भएको छ भने नारायणी पब्लिक हाइ स्कुल (२०%) र कोलिय इन्लिश बोर्डिंङ स्कुल (३४.२१%) ले ५० प्रतिशत भन्दा कम विद्यार्थी उत्तीर्ण गराएका छन् । 

    संस्थागत विद्यालयतर्फ न्यु लुम्बिनी (१००%) सहित सगरमाथा (८७.८४%, देवदह (८५%), नमुना एभर ग्रीन (८४.१०%) र सेभेन स्टार (८२.८१%) ले ८० प्रतिशत माथि विद्यार्थी उत्तीर्ण गराएका छन् । 

    परिक्षामा भविष्य निर्माण माविका गगन पौडेल र ग्रीन प्लान्ट आवासीय माविका आकृति अधिकारीले ३.९४ जिपिए प्राप्त गरि उत्कृष्ट भएको नगर शिक्षा शाखाले जनाएको छ । 

    नगर परिक्षा समितिको बैठकले अधिकतम दुई विषयमा अनुतिर्ण विद्यार्थीलाई बैशाख ६ र ७ गते ग्रेड वृद्धिका लागि मौका परिक्षा दिने व्यवस्था मिलाएको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।