Logo

२०८३, आश्विन १०गते


images
images

एसईई परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन देवदहमा छलफल

एसईई परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन देवदहमा छलफल

images
  • सेतोमसी सहकर्मी
  • एसईई परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन देवदहमा छलफल
    images
    images

    देवदह  । २०८० सालको एसईई  परीक्षालाई व्यवस्थित र मर्यादित बनाउने  बिषयमा बुधबार केरवानी मा.वि मा तयारी बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। 

    images
    images
    images

    बिहीबारदेखि सञ्चालन हुने एसईई सञ्चालनका विषयमा देवदहका सात विद्यालयका प्रअहरुसंगको छलफलमा केरवानी माविका प्रधानाध्यापक तथा केरवानी मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष निर्मल ढुङ्गानाले सिट प्लानिङ लगायतका सबै तयारी पूरा हुनुका साथै विद्यार्थीहरूलाई  सौहार्दपूर्ण बाताबरणमा परीक्षा दिने व्यवस्था  मिलाइएको बताए। 

    images
    images
    images

    परीक्षा मर्यादित र अनुशासित ढंगले सञ्चालन गरिने र विद्यार्थीहरुलाई स्वास्थ्य समस्या देखिएमा सहज बनाउनका निम्ति विद्यालयमा हेल्थ डेस्क पनि राखिने उनले जानकारी दिए ।  

    images
    images
    images

    कार्यक्रममा बोल्दै मदर टङ्स एकेडेमीका प्राचार्य रामबहादुर गुरुङले केरवानी माविमा सञ्चालन हुने परीक्षामा विद्यार्थीलाई कुनै किसिमको समस्या खेप्नु नपर्नेमा आफूहरु ढुक्क रहेको बताए ।

    परीक्षा केन्द्रको रूपमा रहेको केरवानी माविमा देवदहका सातवटा विद्यालय समावेश भएका छन्, भने परीक्षामा  २६९ जना विद्यार्थी हरु सहभागी हुँदै छन्। 

    त्यस्तै देवदहमा ६ वटा परीक्षा सेन्टर रहेका छन । 

    राष्ट्रिय परीक्षा बोर्डका अनुसार चैत १५ गतेदेखि सुरु हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने छन् । कूल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार सात सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन्।

    त्यस्तै  ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने प्रावधान रहेको छ । ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसईई परीक्षा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।