काठमाडौं । पार्टीमा क्रियाशिल सदस्य सम्बन्धि विवाद चर्किदै गएपछी क्रियाशील सदस्यता विवाद निरुपणका लागि कांग्रेसका शीर्ष नेताहरुको बैठक बुधबार दिउँसो २ बजे बस्दैछ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बस्ने बैठकमा बैठकमा पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँगै सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल र रमेश लेखक सहभागी हुने जनाईएको छ ।
क्रियाशील सदस्यता छानबिन समितिले साउन १२ गते नै पार्टी सभापति देउवालाई सदस्यताको अन्तिम प्रतिवेदन बुझाइसकेको छ । तर, समितिले सहमति गर्न नसकेको क्षेत्रको विवाद मिलाउने जिम्मा पदाधिकारी बैठकले शीर्ष तीन नेता सभापति देउवा, नेताद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई जिम्मेवारी दिएको थियो । सोही विवाद आजको कांग्रेस शिर्ष नेताहरुको बैठकले निरुपण गर्ने बताईएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology