Logo

२०८३, कार्तिक २७गते


images
images

प्रतिनिधि र राष्ट्रिय सभाको बैठक एकै पटक राख्दा समय मिलाउन सकिनँः अर्थमन्त्री पुन

प्रतिनिधि र राष्ट्रिय सभाको बैठक एकै पटक राख्दा समय मिलाउन सकिनँः अर्थमन्त्री पुन

images
  • सेतोमसी सहकर्मी
  • प्रतिनिधि र राष्ट्रिय सभाको बैठक एकै पटक राख्दा समय मिलाउन सकिनँः अर्थमन्त्री पुन
    images

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि र राष्ट्रिय सभाको बैठक एकै पटक राख्दा आफूलाई समय मिलाउन अप्ठ्यारो भएको बताएका छन् ।

    images
    images
    images

    बुधबार राष्ट्रिय सभाको बैठकमा प्रि–बजेट छलफलमा उठेका प्रश्नको जवाफ दिन रोष्ट्रम पुगेका अर्थमन्त्री पुनले यस्तो गुनासो गरेका हुन् ।

    images
    images
    images

    दुवै सभाको बैठकमा प्रि–बजेट छलफल भइरहेको छ । यसले गर्दा एउटा हाउसमा भएको छलफल सुन्दा अर्को हाउसको छुटाउनुपरेको उनले बताए ।

    images
    images

    ‘राष्ट्रिय सभामा भएको बहस सुन्न, सहभागी हुन र टिपोट गर्न केही व्यावहारिक कठिनाइ भयो । म प्रतिनिधि सभामा थिएँ । राष्ट्रिय सभा आउन निस्केको थिएँ खोजी भएपछि बाटोबाटै उतै फर्किएँ’ अर्थमन्त्री पुनले भने ।

    आगामी दिनमा यसरी एकै समयमा दुई वटा सभाको बैठक नबस्ने गरी मिलाउन पनि उनले संघीय संसद् सचिवालयको ध्यानाकर्षण गराएका छन् ।

    प्रि–बजेट छलफलमा अर्थमन्त्री सहभागी नभएको भन्दै प्रतिनिधि सभामा राप्रपा सांसद बिना लामाले प्रश्न उठाएकी थिइन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अर्थमन्त्री पुन
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।