देवदह । नेपाल कम्युनिष्ट पार्टी (एमाले) देवदहले आफ्ना संगठित सदस्यको परिक्षा लिएको छ । पार्टीको वडा नं ६ को अधिवेशनको अवसरमा कम्युनिष्ट पार्टीको इतिहास, दर्शन र आदर्शबारे प्रश्नपत्र तयार गरि पार्टी सदस्यको लिखित परिक्षा लिईएको पार्टीका वडा अध्यक्ष राजन अधिकारीले जानकारी दिए ।
वडामा रहेका रहेका ९६ जना पार्टी सदस्य मध्ये ५० जना परिक्षामा सहभागी भएका र परिक्षामा सहभागीमध्ये ३ जना सदस्य अनुत्तीर्ण भएको जनाईएको छ । १०० पुर्णाङ्कमा लिईएको परिक्षामा ४० नम्बर प्राप्त गर्नेलाई उत्तीर्ण गराईएको अध्यक्ष अधिकारीले बताए ।
कम्युनिष्ट आदर्श र मूल्यमान्यताबारे सम्पूर्ण पार्टी सदस्यले जानेको अवस्थामा नेतृत्वलाई गल्ती नगर्न दवाब दिनुका साथै स्वयंले पनि गलत काम गर्दैन भन्ने मान्यता अनुसार परिक्षा लिईएको एमाले स्रोतले जनाएको छ ।
पार्टी सदस्यको परिक्षासंगै भएको पार्टीको वडा अधिवेशनले राजन अधिकारीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी सर्बसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा वसन्त गिरि, सचीवमा इमा भुसाल तथा उपसचिवमा बिष्णु खरेल र कलाधर रिजाल रहेका छन् ।
वडा अधिवेशनमा पार्टीका क्षेत्रीय सहसंयोजक प्रकाश अर्याल, नगर इञ्चार्ज यम राना, जिल्ला सदस्य गुमानसिं कुँवर, नगर अध्यक्ष केशव भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology