बुटवल । तत्कालीन नेकपाको तर्फबाट सूर्य चुनाव चिह्न लिई उप- निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित सांसद विमला खत्रीले आफू ओली निकट एमालेमै रहेको जनाएकी छन् । केही महिनाअघि माओवादी केन्द्र रोजेको भएपनि सोमबार एक विज्ञप्ति जारी गर्दै उनले आफू एमाले मै फर्किएको घोषणा गरेकी हुन् ।
तर, सोमबार विज्ञप्ति जारी गरी सांसद खत्रीले आफू सूर्य चुनाव चिह्नबाट चुनाव लडेको र कानुनी रूपमा माओवादी केन्द्र रोज्ने कुरा ठीक नभएको भन्दै एमालेमै फर्किएको घोषणा गरेकी छिन् ।
सांसद खत्रीले एमाले रोजेसंगै लुम्बिनी प्रदेशको सत्ता समीकरणमा नयाँ ट्विस्ट हुने देखिएको छ । सोमबार मात्रै विपक्षी गठबन्धनले सांसद खत्री सहित ४१ जनाको हस्तान्तर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएर आफुहरुसंग बहुमत रहेको बताएका थिए ।
यस अघि लुम्बिनी प्रदेशमै जनता समाजवादी पार्टीले आफ्ना तीन सांसदलाई पार्टीको ह्विप विपरित गएको भन्दै कार्वाही गरिसकेको छ ।
हेर्नुस् विज्ञप्ति :
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology