देवदह । रुपन्देहीको देवदहमा संचालित किशोरीहरूको लागि ३ दिने सचेतना बृद्धि तथा आत्मरक्षा तालिम सम्पन्न भएको छ ।
तालिम समापन कार्यक्रममा बोल्दै देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरूङ्गले लैङ्गिक हिंसा न्यूनिकरणको लागि सवै एकतावद्ध भएर लाग्न आवश्यक रहेको बताईन । समाजमा हुने हरेक गलत क्रियाकलापको डटेर प्रतिवाद गर्नुपर्ने बताउदै उनले अन्यायको विरुद्ध आवाज उठानु पर्नेमा जोड दिईन । तालिममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उर्तान सकेमात्र तालिमको औचित्य हुने उनको भनाई छ ।
कार्यक्रममा देवदह नगर खेलकुद विकास समितिका संयोजक कमल पाण्डे, प्रशिक्षक हेमा खड्का, ग्रिनप्लान्ट आवासीय माविका विद्यार्थी अस्मिता भट्टराई, सगरमाथा आवासीय माविका विद्यार्थी अमिसा भण्डारी र देवदह माध्यमिक विद्यालयका मौर्य विक लगायतले बोल्दै तालिमले आफुहरुलाई उर्जा प्रदान गरेको बताएका थिए । उनीहरुले तालिम पछि समाजमा हुने हिंसा विरुद्ध लड्न आत्मविश्वास बढाएको बताए ।
देवदह नगरपालिका वडा नं ७ को आयोजनामा संचालन भएको तालिममा ४५ जना किशोरी सहभागी भएको जनाईएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology