काठमाडौं । काेराेना भाइरसकाे संक्रमण बढ्न थालेपछि कक्षा १२ सहित सबै तहको परीक्षा प्रभावित हुन सक्ने जनाईएको छ । कोरोना भाइरसको जोखिम झनै बढ्न थालेको भन्दै निकट भविष्यमा हुन गईरहेका परिक्षा स्थगन गरि आन्तरिक मुल्यांकनका आधारमा नतिजा प्रकाशन गर्नेबारे शिक्षा मन्त्रालयसंग कुरा भईरहेको मन्त्री श्रेष्ठले बताएका छन् ।
सोमबार भर्चुअल रूपमा २३ बुँदे सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निकट भविष्यमा सञ्चालन हुने परीक्षा सम्बन्धी कार्यक्रम स्थगनको प्रस्ताव गर्ने घोषणा गरेका हुन् ।
पुर्वनिधारित तालिका अनुसार कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट भदौ ९ गतेसम्म हुने भनिएकाे छ । परिक्षा स्थगनबारे परिक्षा बोर्डले यो समाचार तयार गर्दासम्म कुनै सूचना जारी गरेको छैन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology