Logo

२०८३, श्रावण २७गते


images
images

तस्करबाट छुट्याइएका गोरूलाई देवदहमा सेल्टर

तस्करबाट छुट्याइएका गोरूलाई देवदहमा सेल्टर

images
  • तस्करबाट छुट्याइएका गोरूलाई देवदहमा सेल्टर
    images
    images

    देवदह । गतराती रूपन्देहीको सैनामैनामा समातिएका दुई ट्रक गोरूलाई देवदहको घोडाहामा रहेको छाडा चौपाया व्यवस्थापन केन्द्रमा सेल्टर दिईएको छ । सोमबार राती सैनामैनाको वडा नं ४ र ५ मा वेवारिसे अवस्थामा दुईवटा ट्रकमा फेला परेका ३८ वटा गोरूलाई व्यवस्थापन गर्न इलाका प्रहरी कार्यालय बुटवलबाट आएको पत्रको आधारमा आवश्यक व्यवस्था मिलाईएको देवदह नगरपालिका वडा नं ९ का वडा अध्यक्ष मोहन जिसीले जानकारी दिए । 

    images
    images
    images

    घोडाहामा रहेको छाडा चौपाया व्यवस्थापन केन्द्रमा गोरुलाई दाना र पानीको आवश्यक प्रवन्धसंगै शरीरमा देखिएका चोटपटकको उपचारको व्यवस्था समेत मिलाइएको वडाअध्यक्ष  जिसीले बताए । 

    images
    images
    images

    सेतोमसीसंग कुरा गर्दै भलुहीमा गौशाला संचालन गरिरहेका स्वामी सोमराजले आफ्नो पहलमा तस्करको हातबाट गोरुलाई फ़ुत्काएर ल्याएको बताए । नेपालबाट गाई गोरू तस्करी हुँदै आएको र त्यसलाई रोक्न आफु लागिपरेको उल्लेख गर्दै उनले तस्करीमा केन्द्रिय तहका नेता र उनका आफन्त जोडिएको दावी गरे । 

    images
    images
    images

    दैनिक २५ देखि ३० ट्रक गाई गोरू पश्चिम बङ्गालतर्फ तस्करी हुने आफ्नो अध्ययनले देखाएको बताउंदै स्वामी सोमराजले यसलाई रोक्न सबैको पहल आवश्यक रहेको बताए । 

    समातिएका गाई गोरूलाई भन्सारको आवश्यक प्रक्रिया पुर्याएर गौशाला वा छाडा चौपाया केन्द्रमा व्यवस्थापन गरिने प्रहरीले जनाएको छ ।  


      

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # गोरू तस्करी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।