Logo

२०८३, श्रावण २७गते


images
images

खेल

देवदहमा अन्तराष्ट्रिय करातें प्रतियोगिता हुने, पाँच देशका ३०० प्रतियोगी सहभागी हुँदै

देवदहमा अन्तराष्ट्रिय करातें प्रतियोगिता हुने, पाँच देशका ३०० प्रतियोगी सहभागी हुँदै

images
  • देवदहमा अन्तराष्ट्रिय करातें प्रतियोगिता हुने, पाँच देशका ३०० प्रतियोगी सहभागी हुँदै
    images
    images

    देवदह । देवदहमा दोस्रो गौतम बुद्ध अन्तराष्ट्रिय खुल्ला करातें प्रतियोगिता हुने भएको छ । बिहिबार खैरेनीस्थित पाठक फुडल्याण्डमा पत्रकार सम्मेलन गर्दै नेपाल वादोरियो करातें डो संघ, लुम्बिनी प्रदेशले फागुन २५ र २६ गते खुल्ला करातें प्रतियोगिता हुने जनाएको हो । 

    images
    images
    images

    पत्रकार सम्मेलनमा बोल्दै संघका केन्द्रिय अध्यक्ष तथा प्रमुख प्रशिक्षक हरिशरण केसीले पाँच वटा देशका खेलाडीको सहभागितामा दोस्रो गौतम बुद्ध अन्तराष्ट्रिय खुल्ला करातें प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगितामा नेपाल सहित भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानका ३०० जना खेलाडी सहभागी हुने जनाईएको छ ।

    images
    images
    images

    पाठक फुडल्याण्डको सभाहलमा हुने प्रतियोगितामा पुरुष तर्फ ७ वटा र महिला तर्फ ७ गरि १४ स्वर्णको लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । 

    images
    images
    images

    पत्रकारसंग कुरा गर्दै संघका लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष शोभाखर पन्थले प्रतियोगिताको सम्पूर्ण व्यवस्थापनमा २० लाख ५० खर्च हुने अनुमान गरिएको बताए । खेललाई पर्यटनसंग जोडेर देवदहको समग्र विकासमा प्रतियोगिताले योगदान दिने उल्लेख गर्दै पन्थले ३०० जना प्रतियोगीलाई देवदहका सबै पर्यटकीय स्थलमा घुमाउने बताए ।

    प्रतियोगितामा लुम्बिनी प्रदेश खेलकुद परिषदसहित देवदह नगरपालिका र विभिन्न संघसंस्थाले सहयोग गर्ने प्रतिवद्धता जनाएको आयोजकले जानेको छ ।   

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।