Logo

२०८३, आश्विन ११गते


images
images

लियो क्लब अफ देवदहको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

लियो क्लब अफ देवदहको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

images
  • लियो क्लब अफ देवदहको पद हस्तान्तरण कार्यक्रम सम्पन्न
    images
    images

    राहुल देव सापकोटा, देवदह । लियो कलब अफ देवदहको छैँठौ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका विच क्लबमा सक्रिय भएर काम गर्ने पदाधिकारीलाई सम्मान  तथा बर्ष २०२१/२२ का पदाधिकारीलाई पद हस्तान्तरण गरिएको हो ।

    कार्यक्रममा कार्यक्रमका अध्यक्ष तथा लियो कलब अफ देवदह वर्ष २०२०/२१ का अध्यक्ष श्रद्धा कुवँर क्षेत्रीले आफ्नो कार्यकालमा सप्पन्न कार्यक्रमको प्रतिवेदन सङ्गै आफुलाइ सहयोग गर्ने सबैलाइ विभिन्न अवार्ड द्वारा सम्मान गरेकि थिइन् ।

    त्यसैगरी, कार्यक्रममा लियो वर्ष २०२०/२१ का सम्पुर्ण पदाधिकारीले लियो वर्ष २०२१/२२ का पदाधिकारीलाई पद हस्तान्तरण गरेका थिए। लियोवर्ष २०२०/२१ का अध्यक्ष  श्रद्धा कुवँर क्षेत्रीले लियो  वर्ष २०२१/२२ का नव निर्वाचित अध्यक्ष आयुष पङ्गेनीलाइ पद हस्तान्तरण गर्दै आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरिन्।

    कार्यक्रम लियो वर्ष २०२१/२२ का अध्यक्ष श्रद्धा कुवँर क्षेत्रीको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सांसद डाक्टरले कृष्ण न्यौपानेको प्रमुख आतिथ्यता एवं लायन्स कलब अफ देवदहका पुर्व अध्यक्ष गुमान सिहँ कुवँर लगायतको आतिथ्यता सम्पन्न भएको थियो ।

    कार्यक्रममा लायन्स कल्ब अफ प्रोफेस्नल युथका अध्यक्ष दिपेस बिक्रम मल्ल, देवदह प्रहरी चौकीका प्रहरी प्रमुख गङ्गा सारु, लायन्स कलब अफ देवदहका संस्थापक अध्यक्ष बिष्णु पौडेल, लियो ३२५ बि २ नेपालका जिल्ला अध्यक्ष अनिस लामिछाने लगायतले आफ्नो भनाइ राखेका थिए ।

    कार्यक्रममा लियो क्लब अफ देवदहका सम्पुर्ण पदाधिकारी अन्य संघ संस्थाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।