Logo

२०८३, कार्तिक २५गते


images
images

वर्तमान गठबन्धन पाँच वर्ष नै चल्छः उपप्रधानमन्त्री खड्का

वर्तमान गठबन्धन पाँच वर्ष नै चल्छः उपप्रधानमन्त्री खड्का

images
  • सेतोमसी सहकर्मी
  • वर्तमान गठबन्धन पाँच वर्ष नै चल्छः उपप्रधानमन्त्री खड्का
    images

    काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गठबन्धन पाँच वर्ष नै टिक्ने दाबी गरेका छन्।

    images
    images
    images

    शुक्रवार काठमाडौँमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८० को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

    images
    images
    images

    उनले बाहिर गठबन्धन तलमाथि हुने हो की भन्ने आशंका पैदा भएको भन्दै गठबन्धन पाँच वर्ष नै निरन्तर चल्ने दाबी गरे। उनले जनतालाई धोका दिन र कुर्सी तानातानका लागि गठबन्धन नबनेको जिकिर गरे। आफूले कर्णालीलाई केन्द्रमा पुर्‍याउने कुरा नबिर्सिएको उनले बताए।

    images
    images

    उनले भने, ‘बाहिर एउटा हल्ला चलेको छ, भन्दाभन्दै गठबन्धन तलमाथि भएर उहाँ कहाँ पुग्नुहुने हो की भन्ने चिसो परेको छ भने त्यो चिसोबाट मुक्त हुनुहोला। यो गठबन्धन ५ वर्ष चल्छ। यो जनतालाई धोका दिनका लागि, कुर्सी तानातानका लागि गठबन्धन बनेको होइन।

    यो गठबन्धन मूलभूत उद्देश्यसहित सडकदेखि सुरु हुँदै, जनताको बीचमा मत माग्दा मुलुकलाई यसरी अघि बढाउँछौँ भनेर हालका वर्तमान प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र म स्वयं निर्वाचनको बेलामा गएर मत दिनुस्, गठबन्धनलाई बहुमत दिनुस्, नेतृत्व गर्न चाहन्छौँ भनेको हो। कर्णालीलाई केन्द्रमा पुर्‍याउने कुरा बिर्सिएका छैनौँ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।