Logo

२०८३, श्रावण २७गते


images
images

सत्ती भन्सारमा क्वारेन्टाइन स्थापनाका लागि पहल गर्छु : उपप्रधानमन्त्री खड्का

सत्ती भन्सारमा क्वारेन्टाइन स्थापनाका लागि पहल गर्छु : उपप्रधानमन्त्री खड्का

images
  • सत्ती भन्सारमा क्वारेन्टाइन स्थापनाका लागि पहल गर्छु : उपप्रधानमन्त्री खड्का
    images
    images

    टीकापुर । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कैलालीको टीकापुर–९ खक्रौलामा रहेको सत्ती भन्सारमा क्वारेन्टाइन स्थापनाका लागि आफूले पहल गर्ने बताएका छन् । कैलालीको टीकापुरमा आयोजित सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सवको आज उद्घाटन गर्दै उनले क्वारेन्टाइन स्थापनाका लागि आफू लागिपर्ने बताएका हुन् ।

    images
    images
    images

    “वाणिज्य सङ्घले राखेका सातबुँदे माग पूरा गर्ने आश्वासन दिन्छु । आर्थिक उन्नति र प्रगतिका लागि लम्की टीकापुर सडक समयमै निर्माणका लागि पहल गर्छु”, उनले भने, “निर्माणाधीन सडक समयमै सक्न कडाइ गर्नुका साथै सडक विस्तार र पर्यटकीय विकासलाई प्राथमिकतामा राखिनेछ ।”

    images
    images
    images
     

    महोत्सवले विकाससँगै सहकार्यमा जोड दिने बताउँदै रक्षामन्त्री खड्काले कैलाली जिल्लाको टीकापुर सुन्दर र आर्थिक सम्भावना बोकेको सहर रहेको स्पष्ट पारे । यो सहरको विकासका लागि सङ्घीय सरकार यहाँका नागरिकको साथमा रहने पनि उनले बताए ।

    images
    images
    images

    “यो महोत्सवले कृषक, उद्यमी, व्यवसायी, कलाकार सबैलाई एकै ठाउँमा जुटाइ सहकार्यका लागि नयाँ ठाउँ पहिल्याउने छ”, उनले भने, “महोत्सवअन्तर्गत प्रदर्शनीमा राखिने कृषि तथा औद्योगिक उत्पादनले वस्तु चिनाउन र बाह्य बजार विस्तारमा सहयोग पुग्नेछ । महोत्सवले बहुमूल्य वस्तुको पहिचान र बजार विस्तारमा सहयोग पुग्नेछ ।” 

    मन्त्री खड्काले महोत्सवले यस्ता मेला महोत्सवले साना तथा मझौला उद्योग विस्तार गर्न सहयोग पुग्ने बताए । उनले भारतबाट आउने धार्मिक पर्यटकलाई कैलाशमार्गसँग जोड्न सकिएमा पर्यटकीय विकासमा मद्दत पुग्ने बताए । “टीकापुरको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु”, उनले भने, “आधुनिक सहर निर्माणमा सरकारको साथ रहनेछ ।”

    सो महोत्सवमा उद्योग वाणिज्य सङ्घ कैलालीले मन्त्री खड्कालाई टीकापुरवासीका तर्फबाट सीमामा रहेको खक्रौला भन्सारको स्तरोन्नति, सडकमार्ग विस्तार, सनकट्टीमा निर्माण हुने भनिएको पक्की पुल निर्माण, हवाई मैदान सञ्चालन आदि विषयमा माग राखेको थियो ।

    टीकापुर उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको सो महोत्सवमा सुदूरपश्चिम प्रदेशसभा सदस्य ललिता सुनारले टीकापुरको विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताइन् । “रक्षामन्त्रीले टीकापुरका सडक, खानेपानी, शैक्षिक तथा व्यापारिक विकासमा सहयोग गर्नुहुनेछ”, उनले भनिन्, “प्रदेश सरकारले पनि सकेको विकासमा लगानी गर्नेछ ।”

    कार्यक्रममा टीकापुर सहरको नक्साङ्कन गर्ने वरिष्ठ इञ्जिनियर शङ्करनाथ रिमाललाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो । वरिष्ठ इञ्जिनियर रिमालले टीकापुरमा आफूले काम गर्दा चार/पाँच जना मिलेर नक्साङ्कनको काम गरेको स्मरण गरेका थिए । उनले भने, “आज यतिधेरै मानिस देख्दा आनन्द लागेको छ । टीकापुरको स्परुप देख्दा खुसी लागेको छ । टीकापुरलाई राम्रो सहर बनाउन के गर्नुपर्छ भनी विचार गरेर अघि बढेमा अबको ५० वर्षपछि  टीकापुर नेपालको ठूलो सहर बन्नेछ । नेतृत्वले ध्यान दिएमा सहर विकासमा सहयोग पुग्नेछ ।”

    वाणिज्य सङ्घले विसं २०६५ देखि टीकापुरमा महोत्सव आयोजना गर्दै आएको छ । महोत्सवमा दुई सय स्टलका साथै रमाइलो मेला र यहाँका स्थानीय कला र संस्कृति झल्कने विभिन्न प्रदर्शनी पनि छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।