Logo

२०८३, श्रावण २७गते


images
images

नगरपालिकाको विवाद समाधान गर्न सर्वदलीय बैठक : यस्ता छन् सात निर्णय

नगरपालिकाको विवाद समाधान गर्न सर्वदलीय बैठक : यस्ता छन् सात निर्णय

images
  • नगरपालिकाको विवाद समाधान गर्न सर्वदलीय बैठक : यस्ता छन् सात निर्णय
    images
    images

    देवदह । देवदह नगरपालिकामा भएको जनप्रतिनिधीबीचको विवाद मिलाउन राजनीतिक दलहरू सहमत भएका छन् । बिहिबार नगरपालिकामा बसेको सर्वदलीय बैठकले सहमति र सहकार्यको विकल्प नभएको निष्कर्षसहित सबै दल र जनप्रतिनिधि सच्चिएर अगाडि बढ्ने निर्णय गरेका हुन् । 

    images
    images
    images

     नगर प्रमुख ध्रुवप्रसाद खरेलको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले सहमति र सहकार्यको विकल्प नभएको निर्णय गर्दै  सबै मिलेर समस्याको समाधान गर्ने निर्णय गरेको बैठकमा सहभागी नेताले जनाएका छन् । 

    images
    images
    images

    नेपाली कांग्रेसका जिल्ला नेता वासुदेव रिमाल, नेकपा एमालेका जिल्ला नेता यम राना, नेकपा (माओवादी केन्द्र)का जिल्ला नेता मोतिलाल ढकालसहित पार्टीका नगर अध्यक्षहरू एमालेका केशव प्रसाद भट्टराई, कांग्रेसका गुनाखर भुर्तेल, माओवादीका गोविन्द ठटराई, राष्ट्रिय स्वतन्त्र पार्टीका किरण भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका माधव रिमाल, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, नगर प्रवक्ता गणेश डुम्रे लगायतको उपस्थितिमा बसेको बैठकले नगरमा देखिएको समस्या समाधान गर्न सात बुदें निर्णय गरेका छन् । 

    images
    images
    images

    यी हुन् सर्वदलिय बैठकले गरेका ७ निर्णय :

    • नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले सबै जनप्रतिनिधिसंग सल्लाह एवं समन्वय गर्ने ।  

    • जुनसुकै पदमा रहेपनि सार्वजनिक सम्पत्ति तोडफोड नगर्ने

    • नगरपालिकालाई थप गतिशील र नविनशैलीमा काम गर्न खोज्नु भएका राष्ट्रसेवक कर्मचारीहरूलाई अपमान र हतोत्साहित हुने काम नगर्ने, नगराउने।

    • नगरपालिकाले गर्ने सबै प्रकारका खरिद, सबै कर्मचारीको नियुक्ति प्रक्रिया, नीति, विधि र सार्वजनिक खरिद ऐन अनुसार पारदर्शी रूपमा गर्ने

    • सम्पूर्ण राजनीतिक दलले आफ्ना जनप्रतिनिधिहरूलाई बैचारिक, कानुनी, लोकतान्त्रिक विधि र प्रक्रियाकोबारेमा प्रशिक्षित गर्ने ।

    • नगरपालिकाले प्रदान गर्ने सेवा प्रवाह, छिटो छरितो र सेवामैत्री हुनुपर्ने

    • सबै समस्याको समाधान वार्ता, संवाद, सहमति र सहकार्यबाट हुनुपर्ने   

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # सर्वदलीय बैठक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।