Logo

२०८३, श्रावण २७गते


images
images

देवदह

सुधारका काम गर्न खोज्दा प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण : नगर प्रवक्ता डुम्रे

सुधारका काम गर्न खोज्दा प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण : नगर प्रवक्ता डुम्रे

images
  • सुधारका काम गर्न खोज्दा प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण : नगर प्रवक्ता डुम्रे
    images
    images

    देवदह । देवदह नगरपालिकाका नगर प्रवक्ता गणेश डुम्रेले सुधारका काम गर्न खोज्दा प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण भएको बताएका छन् । सोमबार दिउँसो नगरपालिकामा ७ वटा वडाका वडाध्यक्षसहितका जनप्रतिनिधिको आन्दोलन र तालाबन्दीको विषयमा ध्यानाकर्षण भएको जनाउंदै प्रवक्ता डुम्रेले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको विषयलाई अपराधिक घटनाको संज्ञा दिएका छन् । 

    images
    images
    images

    सोमबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै प्रवक्ता डुम्रेले भनेका छन्, "निर्वाचित जनप्रतिनिधिले अनुशासित र मर्यादित रुपमा असहमतिका विषयहरु राखुपर्नेमा अराजक शैलिमा प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटालाई फौजदारी अपराध संहिताले वर्जित गरेका कार्यहरु गर्ने, पटक-पटक फोनमा धम्काउने, अपमान गर्ने, प्रमुख प्रशासकिय अधिकृतको कक्षमा अराजक शैलिमा प्रवेश गरि सार्वजनिक सम्पत्तिको तोडफोड गर्ने, हातपात गर्ने, हुलहुज्जत गर्ने लगायतका अपराधीक उपद्र कार्यको नगरपालिका परिवार घोर भत्सर्ना गर्दछौं ।"

    images
    images
    images

    प्रवक्ता डुम्रेले विज्ञप्तिमा प्रमुख प्रशासकीय अधिकृत सापकोटा देवदहबासीको समृद्धको सपनालाई सार्थक बनाउन देवदहको प्रशासकिय नेतृत्व सम्हाल्न आएको उल्लेख गरेका छन् । 

    images
    images
    images

    विज्ञप्तिमा भनिएको छ, "प्रमुख प्रशासकिय अधिकृतको काम गर्ने र योजना कार्यन्वयन गर्ने नबिनतम शैली, बिगत लामो समयदेखि थाती रहेका देवदहका महत्त्वपूर्ण कार्यहरु जस्तै: कोशेलीघर संचालन कार्यविधी निर्माण गरि संचालन योजना अगाडी सार्नु, अव्यवस्थित घरजग्गाको अभिलेखिकरण, कर सहभागीता अभियान, श्रोतमै फोहोर वर्गीकरण अभियान, स्थानीय जनतालाई प्रत्यक्ष रुपमा स्थानीय सरकारको अनुभुती सहितको एकीकृत घुम्ती सेवा अभियान मार्फत सबै जनता माझ पुग्नेगरि कार्यक्रम ल्याउने लगायतका योजना अगाडि ल्याउदै गर्दा प्रमुख प्रशासकिय अधिकृत र नगरपालिका सबै कर्मचारीलाई हतोत्साहित गर्ने गरि प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा भएको अराजक र अपराधिक घटना प्रती घोर भत्सर्ना गर्दै घटनामा संलग्नलाई कानुन बमोजिम हदैसम्मको कारवाहीको लागि अपिल गर्दछौ।"

    लामो समयदेखि नगर कार्यपालिका बैठक लगायतका कार्यक्रम बहिस्कार गर्दै आएका ७ वटा वडाका अध्यक्ष सहित केही जनप्रतिनिधिले बहुमतको दम्भ देखाईएको, एकलौटी निर्णय गरिएको र सुशासन कायम नभएको भन्दै नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी लगाएका थिए । उनीहरूले लगाएको ताला सोमबार नै प्रहरीले खुलाएको छ । 

    मंगलबार पत्रकार सम्मेलन गरि थप विषय प्रष्ट पार्ने नगरपालिकाले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।