देवदह । देवदह नगरपालिकाका ७ वटा वडाका वडाध्यक्षले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा तालाबन्दी गरेका छन् । सोमबार नेपाली काँग्रेस र राप्रपाको चुनाब चिन्हबाट निर्वाचित जनप्रतिनिधिले आन्दोलनसहित नगर प्रमुख ध्रुवप्रसाद खरेल र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
नगरपालिकामा एकलौटी निर्णय गरिएको र आफु खुसी निर्णय गर्दा सुशासनमा समस्या देखिएको विरोधमा उत्रिएका वडा अध्यक्षहरूको आरोप छ ।

तालाबन्दी लगत्तै गरिएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा वडा अध्यक्षहरूले प्रारम्भदेखि नै कार्यपालिकाभित्रका छलफलमा बहुमतको बलमै निर्णयहरु स्थापित गर्ने दम्भको संस्कार बसाल्ने कार्य भएको र २०८० पौष १७ गतेको कार्यपालिका बैठकमा प्रस्तावित विषयहरुमाथि सहमति नजुटेपछि १२ वटामध्ये ७ वटा वडाका वडाध्यक्षहरु र १ जना कार्यपालिका सदस्य सहित ८ जना कार्यपालिका सदस्यले कार्यपालिका बैठकमा नोट अफ डिसेन्ट (असहमति) राख्दा समेत बहुमतीय दम्भ देखाउने गरेको जनाईएको छ ।
देवदह नगर सरकारलाई चुस्त, दुरुस्त र सुशासनयुक्त ढंगबाट अगाडि बढाउनका लागि भएका छलफलहरु सार्थक नदेखिएपछि आन्दोलन स्वरूप ताला लगाउनु परेको उनीहरूको भनाई छ ।
आन्दोलनमा देवदह नगरपालिका वडा नं १ का वडा अध्यक्ष दिपक नेपाल, वडा नं ३ का वडा अध्यक्ष यज्ञ अर्याल, वडा नं ४ का वडा अध्यक्ष दमननाथ रेग्मी, वडा नं ९ का वडा अध्यक्ष मोहनबहादुर जिसी, वडा नं १० का वडा अध्यक्ष यक बहादुर सुनार, वडा नं ११ का वडा अध्यक्ष दुधनाथ यादव र वडा नं १२ का वडा अध्यक्ष डेग बहुदर सारू सहित १५ जना जनप्रतिनिधि सहभागी छन् ।
कार्यकक्षमा तालाबन्दी गरिएपछि पत्रकारहरूले राखेको जिज्ञासामा नगर प्रमुख खरेलले नगरपालिकामा सुशासन कायम गर्न आफुले प्रयत्न गरिरहेको बताए । राजनीतिक प्रतिशोध साधेर नगरपालिकामा अराजक गतिविधी गरिनु गलत रहेको उल्लेख गर्दै प्रमुख खरेलले सहमति र सहकार्यबाटै अघि बढ्नु पर्नेमा आफु सधै प्रतिबद्ध रहेको बताए ।
यी हुन् ७ वडाध्यक्षले लगाएका आरोप



Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology