काठमाडौं । सत्तारूढ दल नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले अरुको आलोचना गरेर बस्ने नहुने बताएका छन् । ओली सरकारले काम नगरेकै कारण कांग्रेस नेतृत्वमा आएको उल्लेख गर्दै थापाले अब गरेर देखाउनुपर्ने बताएका हुन् ।
नेता थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कुनै पनि ‘एक्सक्यूज’ नपाउने उल्लेख गर्दै कहिँकतै नचुक्न पनि आग्रह गरे।
विपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले केपी ओलीले यो गरेन् त्यो गरेन् भन्ने दिन गएको स्मरण गराउँदै काँग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ? भन्ने कुराको महसुस गराउने गरी काम गर्नुपर्नेमा जोड दिएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology