Logo

२०८३, आश्विन ९गते


images
images

पपुवा न्युगिनीमा भएको जातिय लडाइँमा ५३ जनाको हत्या

पपुवा न्युगिनीमा भएको जातिय लडाइँमा ५३ जनाको हत्या

images
  • सेतोमसी सहकर्मी
  • पपुवा न्युगिनीमा भएको जातिय लडाइँमा ५३ जनाको हत्या
    images
    images

    पोर्टमोरेस्वी । पपुवा न्यु गिनीको पहाडी प्रान्त एङ्गामा भएको जनजातीय लडाइमा ५३ जनाको गोली हानेर हत्या गरिएको छ । यसरी जातिय लडाइमा मारिने इतिहासमा अहिले सम्मकै ठूलो संख्या रहेको प्रहरीले बताएको छ । घटना स्थल राजधानी पोर्टमोरेस्बी भन्दा ६०० किलोमिटर उत्तर पश्चिममा पर्दछ ।

    images
    images
    images

    मारिनेमा सबै पुरुष रहेका छन । एम्बुसमा ती पुरुषहरूलाई गोली हानी मारिएको प्रहरीले आकलन गरेकोछ।

    images
    images
    images

    रोयल पपुवा न्यू गिनी कन्स्टेबुलरीका कार्यवाहक सुपरिटेन्डेन्ट जर्ज काकासले मृत्युको संख्या जाँच गर्न सुरक्षा बल पठाउँदा उनीहरूले २६ जना रहेको पुष्टि गरेका थिए पछि प्रहरीले थप शव फेला पारेपछि मृतकको संख्या बढेको हो । यो अहिलेसम्मको सबैभन्दा ठूलो (हत्या) हो जुन मैले एन्गामा देखेको छु उनले भने। पुलिस ट्रकमा लोड गरिएका पुरुषहरूको शवको ग्राफिक भिडियो र फोटोहरू बाहिर आएका छन्।

    images
    images
    images

    बढ्दो जनजाति लडाइको सामना गर्दै आएको एन्गा प्रान्त गत वर्ष पनि धेरै महिना तनाब ग्रस्त बनेको थियो । गत बर्ष मात्रै यस्तै जातिय लडाइँमा पाँच दर्जन बढिले ज्यान गुमाइसकेका छन । विशेषगरि जमिन र सम्पत्तिको बिसयलाइ लिएर झगडा उत्पन्न भइ हिंसामा परिणत हुने गरेको छ ।

    कार्यवाहक सुपरिटेन्डेन्ट काकासले भने कि एक जनजाति, आफ्ना सहयोगी र भाडाका सैनिकहरूसँगै छिमेकी जनजातिलाई आक्रमण गर्न जाँदै गर्दा उनीहरूलाई आक्रमण गरियो हो । "यी जनजातिहरू ग्रामीण इलाकामा, सबै झाडीहरूमा मारिएका छन्," उनले भने।

    हिंसा चर्किएपछि उक्त क्षेत्रमा अहिले थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।
    प्रहरी आयुक्त डेभिड म्यानिङले एङ्गामा प्रान्तीय र स्थानीय नेताहरूलाई उनीहरूका मानिसहरूसँग सीधा हस्तक्षेप गर्न र तनाव शान्त गर्न आह्वान गरेका छन ।

    यस्तै प्रधानमन्त्री जेम्स मारापेले एङ्गाको घटनाबाट आफू दुखी बनेको बताएका छन ।साथै आदिवासी योद्धाहरूलाई "आफ्ना हतियार राख्न" अपील गरेका छन । एक हत्या, दुई हत्याले समस्या समाधान गर्दैन, यसले थप समस्याहरू निम्त्याउने भन्दै हतियार बिसाएर, विवाद समाधान गर्न उनले आग्रह गरेकाछन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जातिय लडाइँ
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।