Logo

२०८३, श्रावण २७गते


images
images

स्थानीय सरकार

देवदहको अर्धवार्षिक समिक्षा : ६ करोड राजश्व संकलन, ३० प्रतिशत योजना सम्झौता

देवदहको अर्धवार्षिक समिक्षा : ६ करोड राजश्व संकलन, ३० प्रतिशत योजना सम्झौता

images
  • देवदहको अर्धवार्षिक समिक्षा : ६ करोड राजश्व संकलन, ३० प्रतिशत योजना सम्झौता
    images
    images

    देवदह । देवदह नगरपालिकाले नगरपालिकाबाट प्रवाह भएका सेवा र योजना सम्बन्धमा अर्धबार्षिक समिक्षा कार्यक्रम गरेको छ । आर्थिक बर्ष २०८०/०८१ को लागि विनियोजित रकम र योजना, कार्यप्रगतिको बारेमा समिक्षा र सुधारको लागि अर्धबार्षिक समीक्षा गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए । 

    images
    images
    images

    कार्यक्रममा देवदह नगरपालिकाले साउनदेखि पौष मसान्तसम्म ६ करोड ३६ लाख ५४ हजार राजश्व संकलन गरेको समीक्षा कार्यक्रममा जानकारी दिईएको छ । प्राप्त कार्यप्रगति अनुसार ६ महिनाको अवधिमा ३४ प्रतिशत राजश्व संकलन भएको नगरपालिकाले जनाएको छ । देवदह नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ मा १८ करोड ४३ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । 

    images
    images
    images

    वडागत राजश्व, नगरपालिकाले लिने विभिन्न विषयको राजश्व र नदीजन्य पदार्थ विक्रिबाट प्राप्त हुने राजश्व नै नगरपालिकाको राजश्व संकलनका मुख्य स्रोत भएको समीक्षा कार्यक्रममा जनाईएको छ । 

    images
    images
    images

    देवदह नगरपालिकाले आर्थिक बर्ष २०८०÷०८१ को लागि ५६४ वटा योजना अगाडि सारेको थियो जसमा नगरस्तरीय योजना, वडास्तरीय योजना मध्ये ३६५ वटा योजना सम्झौता भएको र १६६ योजना सम्पन्न भएको समीक्षा कार्यक्रममा जानकारी दिईएको छ  । 

    देवदह नगरपालिकाले ६ महिनाको अवधिमा ३० प्रतिशत योजना सम्पन्न गरेको छ भने ७० प्रतिशत योजना सम्पन्न गर्न बाँकी रहेको तथ्यांकले देखाएको छ ।   । 

    समीक्षा कार्यक्रममा योजना शाखाले प्रस्तुत गरेको प्रतिवेदनमा १९९ वटा योजना चालु अवस्थामा रहेको र १९९ वटा योजना बाँकी रहेको जानकारी दिईएको छ । देवदह नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ को लागि १ अर्ब ७ करोड बजेट विनियोजन गरेकोमा ६ महिनाको अवधिमा २५ प्रतिशत खर्च गरेको छ । 

    आर्थिक प्रशासनद्धारा प्रस्तुत प्रतिवेदनमा पुँजीगत ४९ करोड मध्ये १२ प्रतिशत मात्र खर्चको भएको उल्लेख गरिएको छ । त्यसैगरी ६ महिनाको अवधिमा चालुतर्फ भने २१ करोड ५२ लाख ७३ हजार खर्च भएको जनाएको छ । योजनाको पेश्की रकम लिने तर फस्र्यौट नगर्ने प्रवृति बढेको, आफनो काम नगरेर अरुको जिम्मेवारीमाथि हस्तक्षेप, नियमित काम गर्दा पनि थप सहुलियतको माग गर्नु पुजीगत रुपमा खर्च हुन नसकेको जनाईएको छ । 

    अर्धबार्षिक समिक्षा कार्यक्रममा वडा सचिवहरुले वडा कार्यालयले गरेको कामको प्रतिवेदन प्रस्तुत गरेका थिए भने नगरपालिकामा रहेका विभिन्न शाखा प्रमुखहरुले पनि प्रतिवेदन प्रस्तुत गरेका थिए । 

    देवदह नगरपालिकाले आयोजना गरेको अर्धबार्षिक समिक्षा कार्यक्रममा नेपाली काग्रेसबाट निर्वाचित वडाअध्यक्षहरु भने सहभागि भएका थिएन । देवदह नगरपालिका वडा नं १, ३, ४, ९, १० र १२ का वडा अध्यक्षहरूले कार्यक्रम बहिष्कार गरेको जनाएका छन् । सेतोमसीसंग कुरा गर्दै वडा नं १० का वडा अध्यक्ष  यकबहादुर सुनारले नगरप्रमुखले आफूहरूसंग समन्वय नगरी आफूखुसी गतिविधि गरेको हुनाले नगरसभा लगायतका कार्यक्रम बहिष्कार गरिएको बताए । 

    समिक्षा कार्यक्रममा बोल्दै नगर प्रमुख धुर्वप्रसाद खरेलले सार्वजनिक पद धारण गरेपनि आफनो जिम्मेवारी बहन नगरी केही वडाअध्यक्षहरुले कार्यक्रमको बहिष्कार गरेको  टिप्पणी गरे । वडा कार्यालयले गरेको खर्चको हिसाव किताव नागरिकलाई जानकारी दिनु पर्ने भएपनि वडाअध्यक्षहरुले त्यसलाई महत्व नदिई कार्यक्रम बहिष्कार गरेको उनको भनाइ छ । 

    समिक्षा कार्यक्रममा  उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, नगर प्रवक्ता गणेश डुम्रे, नगर शिक्षा अधिकारी टिकाराम शर्मा, राजनैतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # स्थानीय सरकार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।