देवदह । रुपन्देहीको देवदह ५ मितेरी गाउँमा अवस्थित देवदह मदर टङ्स एकेडेमीले २५ औं वार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा आयोजित सृजनशील कार्यक्रम अन्तरगत मंगलबार मितेरी गाउँका विभिन्न टोलहरुमा सरसफाई सहित डस्बिन वितरण गरेको छ । समुदायमा सरसफाई सम्बन्धी सचेतना जगाउने उद्देश्यले सरसफाई गरिएको विद्यालयले जनाएको छ ।
मितेरी गाउँका माथादेवी टोल, माथागढी टोल, दुर्गा मन्दिर टोल, सुन्दर टोल र सत्यवती टोलका विभिन्न स्थानहरुमा शिक्षक र विद्यार्थीहरुको सहभागितामा फोहोर संकलन र व्यवस्थापन गरिएको र सरसफाई अभियान निरन्तर चलिरहने कार्य भएकोले सभ्य र सु–स्वास्थ जीवन यापनका लागि सबैको ध्यान सरसफाईमा जानुपर्ने विषयमा स्थानीयसंग विद्यार्थी र शिक्षकले अनौपचारिक अन्तरक्रिया समेत गरिएको विद्यालयका प्रिन्सिपल राम बहादुर गुरुङले बताए ।
फोहोर संकलनको क्रममा प्लाष्टिजन्य र नकुहिने फोहोरहरु यत्रतत्र भेटिएकोले हरेक व्यक्तिले तोकिएको स्थानमा फोहोर संकलन गर्नुपर्ने र जथाभावी फोहोर गर्नेलाई कार्वाही गर्नुपर्ने कार्यक्रममा सहभागी विद्यार्थीहरुको भनाइ रहेको छ । कतिपय ठाउँमा डस्टबिन राखिएता पनि प्रयोग नगरेको र कतिपय ठाउँमा धेरै दिनदेखि भरिएको डस्टबिन खाली नगरिएको भेटिएको हुँदा विद्यार्थीहरुले समुदायमा यस बिषयमा सबै जिम्मेवार बन्न आग्रह गरेका थिए ।
विद्यालयले सरसफाई कार्यक्रमकै बीचमा टोल विकास संस्थाका पदाधिकारी तथा प्रतिनिधिलाई डस्टबिन वितरण गरेको विद्यालयका सह-प्राचार्य यमलाल शर्मा जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology