Logo

२०८३, आश्विन १०गते


images
images

कोभिड महामारीमा पनि रोकिएन भारत जानेको संख्या 

कोभिड महामारीमा पनि रोकिएन भारत जानेको संख्या 

images
  • सेतोमसी सहकर्मी
  • कोभिड  महामारीमा  पनि रोकिएन  भारत जानेको संख्या 
    images
    images

    प्रिन्स मिश्रा, कपिलवस्तु । भारतबाट फर्केका नेपालीहरू रोजगारीका लागि पुन भारत जाने क्रम बढेको छ । भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गए पनि जीविकोपार्जनका लागि कोरोनाको त्रासलाई दबाएर १ महिनाभित्र ११ हजार भन्दा बढी नेपाली नागरिक कपिलवस्तुको कृष्णनगर नाका हुँदै कामका लागि छिमेकी राष्ट्र भारत गएका कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाडी पाण्डेले जानकारी दिए । 

    images
    images
    images

    लामो समयदेखि भारतमा बसेर काम गर्दै आएका लकडाउनमा आ-आफ्नो घर फर्केका थिए , खाना लगाउन नपुगेपछि पुन काम गर्न भारत जानथालेको र कोरोनाको संक्रमण बढेपछि मरेपनि आफ्नै देशमा मरौँला भनेर फर्किएकाहरू भारतमा लकडाउन खुलेपछि कामका लागि त्यतै जान थालेको र नेपालमा काम नपाएर खान–लाउन नै समस्या भएपछि कोरोनाको त्रासले फर्किएका नेपाली पुनः भारत जान लागेकाे  नागरीक भनाई छ ।received_992988171462460.jpeg

    images
    images
    images

    बिरामी, औषधी खरिद, बिरामी भेट्न, मलामीमा आउने जाने, विवाहमा १५ जनालाई आवतजावत गर्न दिएको र भारतमा फसेका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न सहजीकरण गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक शुकदेव पौडेलले जानकारी दिए । 

    images
    images
    images

    कृष्णनगर नाका हुँदै दाङ, बाँके, बर्दिया, सुर्खेत, कालिकोट, जुम्ला, सल्यान, रुकुम, रोल्पा, बुटवल, अर्घाखाँची, प्युठान, पाल्पा लगायत जिल्लाका नेपाली कामका लागि भारत जाने गरेको निरिक्षक पौडेलले जानकारी दिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।